Logo मंगलवार, श्रावण १२ गते २०८३
images

ओलीले तुरून्त प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ : वामदेव गौतम

ओलीले तुरून्त प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ : वामदेव गौतम

  • 2.1K
    SHARES

  • ओलीले तुरून्त प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ : वामदेव गौतम

    बुटवल,फागुन १२-

    नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले तुरून्त प्रधानमन्त्री पदबाट राजीनामा दिनु पर्ने माग गरेका छन्।

    सर्वोच्चले संसद पुनर्स्थपानाको फैसला गरेको भोलिपल्ट गौतमले  बुधबार बिहान विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन्।

    उनले सर्वोच्चको फैसला आएको फागुन ११को दिन ऐतिहासिक महत्वको भएको पनि बताएका छन् ।

    ‘यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौं सपुतहरूको बलिदान तथा लाखौं देशभक्त नेपालीको त्याग र समर्पणवाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गर्नु भएको प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर भएको छ,’ गौतमले भनेका छन्,‘आजको दिन निरंकुशता स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान, कानुन, लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो।

    यस अवसरमा म सर्वप्रथम प्रधान न्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरुमा आभार प्रकट गर्दै उहाँहरूलाई हार्दिक धन्यवाद दिन्छु।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology