Logo मंगलवार, श्रावण १२ गते २०८३
images

संसद पुर्नस्थापना: बुटवलमा प्रचण्ड–नेपाल पक्षको दीपावली

संसद पुर्नस्थापना: बुटवलमा प्रचण्ड–नेपाल पक्षको दीपावली

  • 3.6K
    SHARES

  • संसद पुर्नस्थापना: बुटवलमा प्रचण्ड–नेपाल पक्षको दीपावली

    बुटवल,फागुन ११-

    सर्वाेच्च अदालतले संसद पुर्नस्थापनाको पक्षमा फैसला गरेपछि नेकपा प्रचण्ड–नेपाल पक्षले आज बुटवलमा दीपावली गरेको छ   ।

    सर्वाेच्चले जनताको पक्षमा फैसला गरेको भन्दै  बुटवलको पुष्पलाल पार्कमा दीप प्रज्वलन गरिएको नेकपा प्रचण्ड–नेपाल रुपन्देही पक्षले जनाएको छ ।

    सर्वाेच्च अदालतले संसद पुर्नस्थापना गरेर जनताको पक्षमा फैसला गरेको नेकपा प्रचण्ड–नेपाल पक्षका केन्द्रीय सदस्य बामदेव क्षेत्रीले बताउँनुभयो । जनताले आफ्नो निर्णय आफै गर्न सक्षम रहेको उँहाले बताउँदै केपि शर्मा ओलीको प्रतिगमन समाप्त भएको दाबी गर्नुभयो ।

    नेकपा प्रचण्ड–नेपाल पक्ष रुपन्देहीका अध्यक्ष राजु गुरुङ्गले संसद पुर्नस्थापनाको खुशीयालीमा बुधबार बिहान ११ बजे बुटवलमा बिजय उत्सवको आयोजना गरिने जानकारी दिनुभयो । ओलीको तानाशाही परास्त भएको उहाले बताउँनुभयो ।

    तानाशाही ओली परास्त भएको र जनताको जित भएकाले बिजय उत्सवमा सहभागिता जनाउँनको लागि गुरुङले आग्रह गर्नुभयो । 

    संसद विघटन बदर गर्दै सर्वोच्च अदालतले गर्याे ऐतिहासिक फैसला,ओलीको हार !

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology