Logo बिहिवार, आश्विन १ गते २०८३
images

गगन थापाले भने-‘संविधान मिच्ने अपराध गर्नेहरुले उन्मुक्ति पाउनुहुँदैन,सर्वोच्चको फैसलाले मुलुक ट्रयाकमा आयो’

गगन थापाले भने-‘संविधान मिच्ने अपराध गर्नेहरुले उन्मुक्ति पाउनुहुँदैन,सर्वोच्चको फैसलाले मुलुक ट्रयाकमा आयो’

  • 2.3K
    SHARES

  • गगन थापाले भने-‘संविधान मिच्ने अपराध गर्नेहरुले उन्मुक्ति पाउनुहुँदैन,सर्वोच्चको फैसलाले मुलुक ट्रयाकमा आयो’

    बुटवल,फागुन ११-  

    कांग्रेस सांसद गगन थापाले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेर सर्वोच्च अदालतले राजनीतिलाई ट्रयाकमा ल्याइदिएको बताएका छन् ।

    थापाले भने,-‘सर्वोच्च अदालतको निर्णयले राजनीतिमात्रै ट्रयाकमा फर्किएको छैन व्यवस्थाप्रतिकै भरोसा जगाइदिएको छ ।’

    यो संविधानको पालना र कार्यान्वयन गर्ने जिम्मा पाएको कार्यकारी चुक्दा र राष्ट्रपतिले त्यसलाई सच्च्याउने आफ्नो जिम्मेवरी वहन गर्न चुक्दा संविधानमाथि आघात भएको थियो । सर्वोच्चले आफ्नो दायित्व निर्वाह गर्दा संविधानको जित भएको छ, थापाले भने ।

    उनले सर्वोच्चको यो आदेशले अब आउने प्रधानमन्त्रीलाई पनि स्वेच्छाचारी बन्न रोक्ने बताए ।

    उनले बल संसदमा फर्किएको भन्दै दलहरुले अब देशलाई सुझबुझ पूर्णरुपले अघि लैजानुपर्ने बताए । साथै संविधान उल्लंघन गर्ने अपराधीले उन्मुक्ति पाउनु हुँदैन ।

    राष्ट्रपतिले पनि दायीत्व निर्वाह गर्न असक्षम भएको भनेर यति धेरै प्रश्न आए त्यसलाई पनि सहजतापूर्वक बिर्सन सकिदैन, थापाले भने ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology