Logo मंगलवार, श्रावण १२ गते २०८३
images

संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको कांग्रेस सभापति देउवाद्वारा स्वागत

संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको कांग्रेस सभापति देउवाद्वारा स्वागत

  • 3.0K
    SHARES

  • संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको कांग्रेस सभापति  देउवाद्वारा स्वागत

    बुटवल,फागुन ११-  

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् ।

    देउवाले मंगलबार प्रेस विज्ञिप्त जारी गर्दै भनेका छन्, ‘नेपाली कांग्रेस विघटित प्रतिनिधि सभा पुनर्स्थापना हुने गरी सम्मानीत सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै स्वागत गर्दछ ।’


    देउवाले प्रतिनिधि सभा विघटन गरेको घटनालाई नेपाली कांग्रेसले तत्काल नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनी निर्णय गरेको पनि स्मरण गराएका छन् ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासले संसद पुनर्स्थापना गर्ने आदेश सुनाएको छ ।

    अदालतले १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि आदेश दिएको छ ।

    संसद विघटन बदर गर्दै सर्वोच्च अदालतले गर्याे ऐतिहासिक फैसला,ओलीको हार !

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology