बुटवल भदौ १३
चितवनमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा चितवनका १५ सहित कूल २६ जनामा संक्रमण पुष्टि भएको हाे ।
भरतपुर महानगरपालिकाका १४ र रत्ननगर नगरपालिकाका १ जना हुन्। भरतपुर महानगरपालिकाका १४ मध्ये ८ जना पुरुष रहेका छन् भने बाँकी संक्रमित महिला रहेका छन्।
संक्रमितहरूको उमेर ११ वर्षदेखि ५९ वर्षसम्म रहेको अस्पतालको विवरणमा उल्लेख छ। रत्ननगर नगरपालिकाकी संक्रमित भने वडा नं ८ की ५६ वर्षीया महिला हुन्।
त्यसैगरी, मकवानपुरका १, गोरखाका दुई, नवलपुरका १ र सप्तरीका २ जनामा संक्रमण देखिएको छ। त्यस्तै दैलेख, बारा र गुल्मीका एक–एक पुरुष तथा सुर्खेत र मोरङका एक–एक महिलामा पनि संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा।नितु अधिकारीले जानकारी दिइन्।
अस्पतालले शुक्रबार २७५ वटा नमूनाको पीसीआर विधिबाट परीक्षण गरेको थियो। जसमा २४९ मा कोरोना परीक्षण नेगेटिभ देखिएको थियो।
भरतपुर अस्पतालमा कोरोना संक्रमितले जुम्ल्याहा जन्माएकी छिन्। गोरखा नगरपालिका वडा नम्बर १० की ३७ वर्षीया महिलाले शल्यक्रियामार्फत बच्चा जन्माएको अस्पतालका चिकित्सक डा रामप्रसाद सापकोटाले जानकारी दिए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)