Logo मंगलवार, श्रावण १२ गते २०८३
images

चर्चाकाे शिखरमा ‘पिरती नलाम मयाँ, मन पाेल्छ’....

चर्चाकाे शिखरमा ‘पिरती नलाम मयाँ, मन पाेल्छ’....

  • 13.3K
    SHARES

  • चर्चाकाे शिखरमा ‘पिरती नलाम मयाँ, मन पाेल्छ’....

    बुटवल भदाै २५-  

    पिरती नलाम मयाँ मन पाेल्छ...

    तपाइले पनि पक्कै सुनिरहेकै गीत हुनुपर्छ । छाेटाे समयमै युट्युवमा साढे १७ लाख भन्दाधेरै दर्शकले रूचाए र हेरेकाे र अहिले सामाजिक सन्जाल टीकटकमा सबैभन्दा बढी भिडीयाे बनिरहेकाे गीत मध्येकै एक हाे । 

    माेडल बिमल अधिकारी,अर्जुन सापकोटा र जय देवकोटाको सहकार्यमा रहेको नयाँ गीत पिरती नलाउ मयाँ बजारमा आएपछि एका-एक यसले बजार तताएकाे छ । गीत ननिस्कदै बजारमा आउनु भन्दा केही दिन अगाडीबाटै टिकटकमा भाईरल समेत बनिसकेकाे थियाे । 

    भावना म्युजिक प्रा.लिबाट बजारमा आएको गीतमा देवकोटा,अर्जुन सापकोटा,यज्ञ सापकोटा र पूर्णकलाको बिसीले आवाज भरेका छन् ।चर्चित माेडल तथा गायक बिमल अधिकारीको शब्द रहेको गीतमा जय,अर्जनु र यज्ञको संगीत छ ।

    ARJUN .jpg

    तीनजना युवाहरूकाे सहकार्यलाइ धेरैले रूचाएका छन् । अधिकारीले नै निर्देशन गरेको गीतको म्युजिक भिडियोमा अधिकारी र साया भण्डारीको अभिनयले धेरैकाे मन जितेकाे छ ।

    शब्द, संगीत र अभिनय गर्दै आएका अधिकारी पछिल्लो समयमा निर्देशक पनि बनेका छन् । त्यसैगरी अर्जुन सापकोटा टिकटकबाट अत्याधिक चर्चामा आएका कलाकार हुन् । 

    समयसापेक्ष गीत बजारमा ल्याउँदा दर्शककाे माया पाएकाे गायक अर्जुन सापकाेटाले नागरिक अनलाइनसंग बताए । उनले आयाै है दशै आयाे भन्ने दशैैकाे गीत समेत बजारमा ल्याइसकेका छन् ।

    हेराैँ भिडियाे :-

     

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology