Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रूरू मिलन केन्द्र रुपन्देहीले बाँड्याे बुटवल प्रहरीलाइ ५ सय थान सर्जिकल मास्क

रूरू मिलन केन्द्र रुपन्देहीले बाँड्याे बुटवल प्रहरीलाइ ५ सय थान सर्जिकल मास्क

  • 6.5K
    SHARES

  • रूरू मिलन केन्द्र रुपन्देहीले बाँड्याे  बुटवल प्रहरीलाइ ५ सय थान सर्जिकल मास्क

    बुटवल भदाै २५-  

    रूरू मिलन केन्द्र रुपन्देहीले ईलाका प्रहरी कार्यालय बुटवलमा ५ सय थान सर्जिकल मास्क हस्तान्तरण गरेको छ ।

    फ्रन्टलाईनमा रहेर खटिने प्रहरीलाई मास्क अति आवश्यक पर्ने भएकाले संस्थाले सहयोग गरेको रुरु मिलन केन्द्र नेपालका सचिव अनुपमा श्रेष्ठले बताइन् । गुल्मीको रुरुक्षेत्रका नागरिकसम्बद्ध केन्द्रले स्थापना भएको ३ वर्षदेखि विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ ।

    आज इलाका प्रहरी कार्यालयका डिएसपी प्रतित सिंह राठौर मार्फत प्रहरीलाई मास्क प्रदान गरि सहयोग गरिएको हो ।मास्क ग्रहण गर्दै ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी प्रतीतसिंह राठौरले केन्द्रले गरेको सहयोगप्रति कृतज्ञता जनाउंदै सामाजिक कार्य गर्ने संघसंस्थाकै आडमा नेपाल प्रहरीलाई हौसला प्रदान भएको बताए।

    सो कार्यक्रममा रुरु मिलन केन्द्र नेपालका अध्यक्ष जमुना सुवेदी पोख्रेलले प्रहरी कार्यालयमा थप आवश्यक सहयोग चाहिएमा आफुहरु तयार रहेको र यसअघि एन्फा एकेडेमीमा क्वारेन्टाईनमा रहेकालाई आयुर्वेदिक औषधी वितरण, बाढी तथा पहिरो पिडित मानिसलाई खाद्यान्न तथा आर्थिक सहयोग गरेको जनाइन् ।

    मास्क हस्तानतरण कार्यक्रममा कोषाध्यक्ष कुसुम पौडेल लगायतको उपस्थिती रहेको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology