Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रोटरी इन्टरनेश्नल डे मा खुल्ला हाफ म्याराथन हुने,विजेतालाइ नगद १ लाख पुरस्कार

रोटरी इन्टरनेश्नल डे मा खुल्ला हाफ म्याराथन हुने,विजेतालाइ नगद १ लाख पुरस्कार

  • 1.9K
    SHARES

  • रोटरी इन्टरनेश्नल डे मा खुल्ला हाफ म्याराथन हुने,विजेतालाइ नगद १ लाख पुरस्कार

    बुटवल,फागुन ९-

    रोटरी इन्टरनेश्नल डे मा रुपन्देहीमा खुल्ला हाफ म्याराथन हुने भएको छ । फागुन २२ गते बुटवल देखि भैरहवा २१ दशमलव १ किलोमिटर दुरीको खुल्ला हाफ म्याराथन हुने भएको हो।

    रोटरी क्लब अफ भैरहवाको आयोजना, मारुती फुडपार्क काठमाण्डौ गेट प्रिमियर बासमती राईसको मुख्य प्रायोजन र नेपाल अम्बुजा सिमेन्टको सहप्रायोजनमा हुने म्याराथन बुटवल नेपालगंज रोडबाट सुरु भई भैरहवा समापन हुनेछ। शनिबार क्लबले पत्रकार सम्मेलन गरि म्याराथनको तयारीबारे जानकारी गराएको छ।

    २ वर्ष अघि विश्व पोलियो दिवसको अवसरमा इण्ड पोलियोको नारा सहित १२ किलोमिटरको दौडमा सफलता पाएसँगै यस वर्ष हाफ म्याराथन नै आयोजना गर्न लागेको क्लबले जनाएको छ।

    प्रतियोगितामा देशैभरबाट २ सय जना खेलाडीहरुको सहभागिता रहने रोटरी हाफ म्याराथनका संयोजक राजकुमार गुप्ताले जानकारी दिए।

    लुम्बिनी प्रादेशिक अस्पतालको उत्तर ढोकाबाट शुरु भई सिद्धार्थ राजमार्गको शंकरनगर, मणिग्राम, कोटिहवा, पडसरी, अंचलपुर, बुद्घचोक, बर्मेलीटोल, नारायणस्थान पथ हुँदै सानू डिपार्टमेन्टल स्टोर चोकमा समापन हुने आयोजकले जानकारी दिएको छ। कोरोना भाइरसले आक्रन्त पारेको समयमा अन्य क्षेत्रसँगै खेल क्षेत्रलाई पनि व्युताउने प्रयासका साथ प्रतियोगिता आयोजना गरेको गुप्ताले बताए।

    म्याराथनका विजेताले नगद १ लाख, उपविजेताले ७५ हजार, तेस्रो स्थान हासिल गर्नेले नगद ५० हजार तथा सान्त्वना पुरस्कार दुईजनालाई नगद ५ हजार १ सय रुपैयाबाट पुरस्कृत गरिने उनले जानकारी दिए ।महिला खेलाडी सहभागीताका लागि क्लबले विजेता नभएपनि उत्कृष्ट ३ जना महिला धावकहरुलाई नगद पुरस्कारको समेत व्यवस्था गरेको छ ।

    प्रतियोगिताको लागि आजैबाट अनलाइन मार्फत सहभागिताको नाम दर्ता खुला भएको र २१ गते शुक्रबार बेलुका ५ बजे सम्म दर्ता गराइसक्नु पर्नेछ । प्रतियोगितालाई सफल बनाउन बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकाले पनि सहकार्य गर्ने, धावकहरुको २ लाखको दुर्घटना तथा स्वास्थ्य विमा लुम्बिनी जनरल इन्स्योरेन्सले गरेको छ।

    प्रतियोगितालाई व्यवस्थित गराउन म्यााराथनका किर्तिमानी धावक बैकुण्ठ मानन्धरको संयोजकत्वमा सबै अन्तराष्ट्रिय धावकहरु सदस्य रहने गरी प्रविधिक कमिटी बनाइएको छ।   

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology