बुटवल,फागुन ८-
सैनामैना जेसीज वर्ष २०२१ को आयाेजनाममा भएको मिनि म्याराथुन प्रतियोगिताको उपाधि केशव श्रेष्ठले जितेका छन । सैनामैनाका ४८ जना युवाहरुको सहभागितामा सञ्चालित मिनि म्याराथुन प्रतियोगितामा ३७.२० मिनेटमा निर्धारित दुरी पार गर्दै केशव श्रेष्ठले प्रथम स्थान हासिल गर्न सफल भए। त्यस्तै ३७.२२ मिनेटमा दुरि पार गर्दै नेत्र बहादुर किसनले दिृतिय स्थान र ३७.४५ मिनेटमा दुरि पार गर्दै रोशन रानाले तृतिय स्थान हासिल गरे ।
प्रतियोगितामा प्रथम, दिृतिय र तृतिय स्थान हासिल गर्ने बिजेता धावकहरुलाई प्रमुख आतिथि सैनामैना जेसीजका संस्थापक अध्यक्ष रामप्रसाद अधिकारी ज्यूबाट नगद, शिल्ड , मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।
सैनामैना जेसीजको वर्ष २०२१ का अध्यक्ष अर्जन भण्डारीको अध्यक्षता, सैनामैना जेसीजका संस्थापक अध्यक्ष रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यता, सैनामैना जेसीजका निवर्तमान अध्यक्ष जेसी सीता क्षेत्री, साझा टिभिका म्यानेजिङ डाइरेक्टर भुवन जिसि, मु्र्गिया ट्रेनिङ्ग सेन्टर एकेडेमीका सञ्चालक गंगा बहादुर पुन, अध्यक्ष सल्लाहकार जेसी सुरज भट्टराई लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सैनामैना जेसीजका संस्थापक अध्यक्ष रामप्रसाद अधिकारी र अतिथि सैनामैना जेसीजका निवर्तमान अध्यक्ष सीता क्षेत्रीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको संयोजन सैनामैना जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी रोशन ज्ञवालीले गर्नुभएको थियो । कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष जेसी रामचन्द«ढकालले स्वागत मन्तव्य र कानुनी सल्लाहकार अम्मरराज खरेलले आस्थापाठ वाचन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन उपाध्यक्ष जेसी कमल रानाले गर्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)