बुटवल,फागुन ८-
रूपन्देहीको भैरहवामा लायन्स क्लवको तेस्रो क्याबिनेट मिटिङ सम्पन्न भएको छ । मिटिङमा एरिया फोर अन्तर्गतका लायन्स क्लवका २हजार ६ सय जनाको सहभागीता रहेको लायन्स कल्व अफ बुटवल सिद्धबाबाका अध्यक्ष ठाकुर प्रसाद आचार्यले जानकारी दिए ।
मिटिङको लायन्स क्लवका संस्थापक संजय खेतानले उद्घाटन गरे । सो अबसरमा बोल्दै उनले लायन्सले नेपालमा सामाजिक उत्तरदायित्व अन्तरगत हजारौ अभियान चलाएको बताए । अध्यक्ष शम्भु नकर्मीले अभियानले देशलाइ आर्थिक तथा सामाजिक क्षेत्रबाट अन्तराष्ट्रियरुपमा पहिचान दिलाएको बताए । कार्यक्रममा सहभागीले लायन्सहरू एकजुट भएर समाज रूपान्तरण गर्नुपर्ने बताए ।
सो अबसरमा सहभागी विभिन्न क्लवहरूलाई सम्मान गरिएको लायन्स क्लवका सन्दिप कसौधनले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)