Logo बिहिवार, आश्विन १ गते २०८३
images

पछिल्लो २४ घण्टामा ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि

  • 1.5K
    SHARES

  • पछिल्लो २४ घण्टामा ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि

    बुटवल,फागुन ८-

    नेपालमा साढे ९८ प्रतिशत भन्दा धेरै कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा एक सय ३६ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या दुई लाख ६९ हजार सात सय ५५ पुगेको छ ।

    यो संख्या कुल सङ्क्रमितको ९८ दशमलव ६८ प्रतिशत हो । यस्तै पछिल्लो २४ घण्टामा दुई हजार ४८ जनाको पीसीआर परीक्षण गर्दा ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार तीन सय ५१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    अहिले नेपालमा एक हजार पाँच सय ३५ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमित मध्ये ५४ जनाको आईसीयू र १० जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology