Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीका होटल तथा रेष्टुरेण्ट असोज १ गतेदेखि खाेल्ने संघकाे निर्णय

रुपन्देहीका होटल तथा रेष्टुरेण्ट असोज १ गतेदेखि खाेल्ने संघकाे निर्णय

  • 13.1K
    SHARES

  • रुपन्देहीका  होटल तथा रेष्टुरेण्ट असोज १ गतेदेखि खाेल्ने संघकाे निर्णय

    बुटवल भदाै २५-  

    रुपन्देहीका होटल व्यवसायीहरुले आगामी असोज १ गतेदखि व्यवसाय संचालन गर्ने निर्णय गरेका छन् । 

    सरकारले तत्काल होटल व्यवसाय सञ्चालन गर्ने वातावरण नबनाएको गुनासो गदै होटल तथा रेष्टुरेण्ट व्यसायी संघ रुपन्देहीले असोज १ गतेदेखि व्यवसाय सञ्चालन गर्ने घोषणा गरेको अध्यक्ष समुन्द्र जिसी र महासचिव माधव कुमार खनालद्धारा विहिवार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    होटल व्यसायीहरुले कोरोनाका कारण भोग्नु परेको पीडा, आर्थिक समस्या र व्यवसाय नै छोडनु परेको अवस्था हुदाँ पनि व्यवसायीको पीडामा सरकारले मलम लगाउन नसकेको संघले गुनासो गरेको छ ।

    संघिय सरकार ,प्रदेश सरकार ,स्थानियतह समेतमा पटक पटक व्यसायीका समस्या र कोरोनाका कारण भोग्नु परेको आर्थिक पीडाका वारेमा जानकारी गराउदाँ समेत राज्यतहवाट कुनै सुनुवाई नभएकोले सरकारी निषेधाज्ञाको पालनाको अवज्ञा गरि व्यवसाय  संचालन गर्न बाध्य हुन परेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

     संघद्धारा जारी विज्ञप्तिमा होटल तथा रेष्टुरेण्ट संचालनका लागि लिईएका घरहरुकोे लकडाउन अबधीको भाडा सहज वातावरण भएपछि क्रमिक रुपमा तिर्ने गरि वातावरण बनाई दिन घर धनीसंग माग गरिएको छ ।

    लकडाउनको समयमा केही घरधनीले भाडा छुट दिएको प्रति संघले धन्यवाद प्रकट गदै व्यवसायीलाई थप राहात दिन समेत घर धनीहरुसंग आह्वान गरिएको छ । रुपन्देहीमा होटल तथा रेष्टुरेण्ट व्यवसायमा १६ अर्ब बढीको लगानी भएको ३० हजारलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको व्यसायमा राज्यले राहात दिन नसक्दा करिव १ सय व्यवसायीले कोरोनाका कारण पेशा नै छोडनु परेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

     सामाजिक सुरक्षा मापदण्ड अपनायर व्यवसाय संचालन गरिने भन्दै विज्ञप्तिमा सरकार , स्थानियतहवाट व्यवसायीले गरेको निर्णयमा सहयोग गरिदिन पनि माग गरिएको छ । त्यस्तै यातायात व्यवसायीले पनि असौज १ गते देखि मुलुकभर  सवारी साधन संचालन गर्ने  निर्णय प्रति पनि संघले एक्यवद्धता जनाएको छ ।

    संघ मातहतमा १ हजार २ सय व्यवसायी आवद्ध रहेका छन ।

    hotel pp.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, भाद्र २५ २०७७०५:४६:४०

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology