Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आयोजक लुम्बिनीले जित्याे मिडियाकप भलिबलको उपाधि,बुद्ध टेलिभिजन उपबिजेता

आयोजक लुम्बिनीले जित्याे मिडियाकप भलिबलको उपाधि,बुद्ध टेलिभिजन उपबिजेता

  • 2.4K
    SHARES

  • आयोजक लुम्बिनीले जित्याे मिडियाकप भलिबलको उपाधि,बुद्ध टेलिभिजन उपबिजेता

    बुटवल,फागुन ७- 

    लुम्बिनी सामुदायिक टेलिभिजनले आयोजना गरेको एक्सपर्ट मिडियाकप भलिबल प्रतियोगिताको उपाधि आयोजक आफैले जितेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा बुद्ध टेलिभिजनलाई २ शुन्यको सोझो सेटमा पराजित गर्दै लुम्बिनीले उपाधि जित्न सफल भएको हो ।

    उपाधिसंगै आयोजक लुम्बिनी टेलिभिजनले नगद २५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको बुद्ध टेलिभिजनले नगद १५ हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।btv.jpg

    यस्तै राज्य टेलिभिजन तृतीय हुंदै नगद ५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने प्रतियोगितामा ग्लोबल आवाज सान्त्वना भएको छ । प्रतियोगितामा अन्तिम चारमा पुग्ने टिमले जर्सि समेत प्राप्त गरेका छन् ।

    यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी लुम्बिनी टेलिभिजनका गोविन्द घर्ति हुनुभएको छ । त्यस्तै लुम्बिनीकै विष्णु घिमिरे उत्कृष्ट स्पाईकर, दिपु मगर उत्कृष्ट सेटर, अनुशासित  खेलाडी विकास पराजुली र बुद्ध टेलिभिजनका दिनेश श्रेष्ठ उत्कृष्ट व्लकर हुंदै कप मेडल र नगद १ हजार पुरस्कार प्राप्त गर्नुभएको छ ।

    प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने टिम तथा उत्कृष्ट खेलाडीहरुलाई लुम्बिनी टेलिभिजनका अध्यक्ष एजाज आलम, प्रतियोगिताका प्रायोजक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले कप, मेडल प्रमाणपत्र र पुरस्कार प्रदान गर्नुभएको थियो ।

    टेलिभिजनका अध्यक्ष एजाज आलमको अध्यक्षता तथा महासचिव दिनेश पाण्डेको संचालनमा भएको पुरस्कार वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भरत केसीले संचारमाध्यम तथा संचारकर्मीबीच हुने मैत्रीपूर्ण प्रतियोगिताले सामीप्यता बढाउने बताउनुभयो ।

    खेलकुद पत्रकार मञ्च रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले खेलकुदको विकासको लागि र मिडियाकर्मीहरुको रिफ्रेसको लागि पनि समयसमयमा यस्ता प्रतियोगिता हुन जरुरी रहेको बताउनुभयो । तिलोत्तमा २ योगिकुटी स्थीत मणिमुकुन्द भलिबल क्लबको खेल मैदानमा दुईदिनसम्म चलेको प्रतियोगितामा रुपन्देहीका १३ सञ्चार संस्थाहरुको सहभागिता रहेको खेल संयोजक विकास पराजुलीले बताउनुभयो । प्रतियोगिताको विहीबार लुम्बिनी प्रदेशका पर्यटन मन्त्री लिला गिरीले उद्घाटन गर्नुभएको थियो । ltv.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology