Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एक्स्पर्ट मिडियाकप भलिबल प्रतियोगिता शुरू,१३ टिम मैदानमा

एक्स्पर्ट मिडियाकप भलिबल प्रतियोगिता शुरू,१३ टिम मैदानमा

  • 2.5K
    SHARES

  • एक्स्पर्ट मिडियाकप भलिबल प्रतियोगिता शुरू,१३ टिम मैदानमा

    बुटवल,फागुन ६- 

    लुम्बिनी टेलिभिजनको आयोजनामा एक्स्पर्ट मिडियाकप भलिबल प्रतियोगिता शुरु भएको छ ।

    रुपन्देहीका मिडियाहरुका विचमा भावनात्मक सम्बन्ध विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको भलिबल प्रतियोगिताको लुम्बिनी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरिले उद्घाटन गर्नुभएको हो ।

    प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री गिरीले खेलकुदको विकासको लागि तिनैतहका सरकारले लगानी गरिरहेको बताउनुभयो । उहांले भलिबल खेल नेपाली भुगोल र माटो सुहाउंदो खेल भएको उल्लेख गर्दै मन्त्री गिरीले भलिबल खेलको विकास र सम्बद्र्धनका लागि प्रदेश सरकारले पनि लगानी गरिरहेको बताउनुभयो ।

    तिलोत्तमा २ योगिकुटीस्थीत मणिमुकुन्द भलिबल क्लबको खेल मैदानमा शु्रु भएको प्रतियोगिता शुभारम्भको अवसरमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष भरत केशी र महासंघका रुपन्देही अध्यक्ष अध्यक्ष यानेन्द्र जिसीले सधै समाचार संकलन र लेखनमा सक्रिय रहने पत्रकारहरुका विचमा हुने मैत्रीपूर्ण खेलहरुले पत्रकार र मिडियाहाउसहरुका विचको सम्बन्ध मजबुत बनाउन सघाउ पुग्ने बताउनुभयो ।

    टेलिभिजनका अध्यक्ष एजाज आलमको अभ्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामप्रसाद बस्याल, महासचिव दिनेश पाण्डे लगायतले बोलेका थिए ।

    भोलिसम्म संचालन हुने प्रतियोगितामा रुपन्देहीका १३ वटा मिडियाहाउसका १३ वटा समुहको सहभागिता रहेको प्रतियोगिताका संयोजक बिकास पराजुलीले जानकारी दिनुभयो । विहिबार भएका खेलमा आयोजक लुम्बिनी टेलिभिजन, बुद्ध टेलिभिजन, साझा टेलिभिजन, राज्य टेलिभिजन, खस्यौली एफएम र जागरण एफएम विजयी हुंदै अघिल्लो चरणमा प्रवेश गरेका छन् ।btv team.jpg

    शुक्रवारको पहिलो खेल बुद्ध टेलिभिजन र खस्यौली एफएमका विचमा हुने खेल संयोजक पराजुलीले बताउनुभयो । एक्स्पर्ट एजुकेशन कन्सल्टेन्सी मुख्य प्रायोजक रहेको प्रतियोगितामा प्रथम हुने समुहले २५ हजार, द्धितियले १५ हजार र तृतियले ५ हजार नगद पुरस्कार सहित कप तथा मेडल प्राप्त गर्ने छन् ।

    त्यस्तै सेमिफाईनलमा पुग्ने चारवटा टिमलाई जर्सि प्रदान गरिने छ भने खेल अवधीभर सबै खेलाडीहरुको दुर्घटना विमा समेत गरिएको संयोजक पराजुलीले बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, फाल्गुण ६ २०७७०७:४०:३८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology