बुटवल भदाै २५-
पाल्पामा बिहिबार २८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। उनीहरुमध्ये सबैभन्दा धेरै तानसेनका १९ जना हुन् भने ९ जना रम्भा गाउँपालिकाका हुन्।
स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीका अनुसार तानसेनको वडा नं १ का २ जना, वडा नं २ को १ जना, वडा नं ६ को १ जना, वडा नं७ को ३ जना, वडा नं ८ को २ जना, वडा नं ९ को १ जना, वडा नं १० को ४ जना, वडा नं ११ को १ जना र वडा नं १२ को २ जनामा संक्रमण पुष्टि भएको हो।
तानसेनमा संक्रमित हुनेहरूमध्ये १४ पुरूष र ३ जना महिला हुन्। तानसेनका संक्रमितहरू मध्ये ९ जनाको ट्राभल हिस्ट्री छ भने बाँकी ८ जनाको ट्राभल हिस्टी छैन । तानसेनको बतासेडाडा, कैलाशनगर, प्रभास, बर्तुङ बृन्दावन, विशालबजार लगायतका क्षेत्रमा लिइएका स्वाबको रिपोर्ट पोजेटिभ आएको हो । तानसेनका जनप्रतिनिधिमा समेत कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
तानसेनका अस्पतालबाट स्वाब लिएका ३ जना बिरामीमा संक्रमण पुष्टि भएको छ। उनीहरू तानसेन, रम्भा र रिब्दीकोटका हुन्। जसमध्ये एक जना तानसेन वडा नं ८ को कोरोनाबाट मृत्यु भएकी महिलाको श्रीमानमा पनि संक्रमण पुष्टि भएको छ। रम्भा गाउँपालिका वडा न ३, ४ र ५ का संक्रमितहरु पुरूष हुन्।
नेपालमा काेराेना संक्रमितको संख्या ५० हजार नाघ्यो,थप १२४६ जनामा संक्रमण पुष्टि
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)