Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा पत्रकार महिलाका लागि कानुनी सचेतना तालिम

बुटवलमा पत्रकार महिलाका लागि कानुनी सचेतना तालिम

  • 2.5K
    SHARES

  • बुटवलमा  पत्रकार महिलाका लागि कानुनी सचेतना तालिम

    बुटवल,फागुन ६- 

    पत्रकार महिलाका लागि कानुनी सचेतना तालिम विहिवारदेखि बुटवलमा शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको आयोजना र सन्चारिका समूह रुपन्देहीको समन्वयमा भएको तालिमको उदघाटन गर्दै उपप्रमुख गुमादेबी आचार्यले कानुको अनवीज्ञता क्षम्य नहुने भएकाले सबैलाई सचेत बनाउन आवश्यक रहेको बताउनुभयो ।

    उहाँले उपमहानगरलाई समृद्ध बनाउन पुर्वाधार निर्माणसंगै भौतिक विकास आवस्यक हुने बताउदै पत्रकारलाई  सचेत बनाउदा समाजमा सही सूचना जाने उल्लेख गर्नुभयो ।

    स्थानीय सरकार र नागरिकबिच पुलको काम  गर्ने भएकाले पत्रकारहरु धेरै विषयमा जानकार हुनुपर्ने बताउनुभयो ।सामाजिक महाशाखा प्रमुख तुल्सा अर्यालले कुनैपनी विषय कानुन भन्दा बहिर नहुने भएकाले यो विषयमा सचेतना आवस्यक रहेको बताउनुभयो ।

    तालिममा जिल्लाभरका ३७ जना पत्रकार महिलाको सहभागीता रहेको सन्चारिका समुहका अध्यक्ष निरु गौतमले जानकारी  दिनुभयो ।

    दुई दिनसम्म चल्ने तालिममा उच्च सरकारी वकील कार्यालय बुटवलका सह न्यायाधीवक्ता मोहन सागर बस्याल, कानुन सचीव राजेन्द्र थापा र कानुन मस्यौदा तथा सुझाव कार्यदलका सदस्य खुमकान्त पौडेलले नेपालका ऐन कानुनमा भएका ब्यवस्था, स्थानीय सरकारका काम कर्तव्य अधिकार, मुलुकी देवानी संहिता लगायतका विषयमा प्रशिक्षण दिनुभएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology