बुटवल,फागुन ६-
रूपन्देहीको सियारी गाउँपालिकाले सार्वजनिक र गुठी जग्गा संरक्षण गरेको बताएको छ ।
अतिक्रमण भयो भनेर प्रचार गरिएको भन्ने आरोप झुट्टा रहेको बताउँदै गाउँपालिकाले सार्वजनिक सम्पतीको दुरुपोग हुन नदिने स्पष्ट पारेको हो । गाउँपालिकाका अध्यक्ष अयोध्या थारूले सार्वजनिक जग्गा संरक्षण गर्नु आफूहरूको दायित्व भएको बताए । लक्ष्मीनारायण मन्दिरको जग्गा जनप्रतिनिधिका आफ्न्तहरुलाई अतिक्रमण गर्न दिइयो भनेर भ्रम छरिएको अध्यक्ष थारूले बताए ।
लक्ष्मीनारायाण मठ मटियानीबाट प्राप्त पत्रको आधारमा सञ्चाल र सम्बद्र्धन तथा संरक्षण समिति तयार गरी संरक्षण कार्यमा सहयोग गर्न वडा नम्बर ३ को कार्यालयलाई पत्रचार गरिएको छ ।
सोही आधारमा समिलि संरक्षण्को काममा सहयोग गरिरहेको उनले बताए । गाउँपालिकामा ४८ विगाहा गुठीको छ ।
रामजानकी मन्दिरको आय तथा सम्पतीमाथि भएको अनियमतिताको विषयमा २०७१ पुस १३ गते बसेको तत्कालित हर्नैया गाविसको सर्वदलीइ बैठकमा छलफल गरी जिल्ला प्रशासन कार्यालयमा कावरावहीका लागि सिफारिस गर्ने निर्णयको प्रतिलिपिको प्रमाण रहेको थारूको भनाइ छ ।
गाउँपालिकाका उपाध्यक्ष अमृता गुरूङले सिस्टमलाई फलो गर्दै जग्गा संरक्षण गर्न गर्दै अगाडि बढिएको जानकारी दिइन ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)