Logo बिहिवार, आश्विन १ गते २०८३
images

टेनिसमा रुपन्देहीका खेलाडीले १ स्वर्णसहित ३ कास्य पदक जिते

टेनिसमा रुपन्देहीका खेलाडीले १ स्वर्णसहित ३ कास्य पदक जिते

  • 3.5K
    SHARES

  • टेनिसमा रुपन्देहीका खेलाडीले १ स्वर्णसहित ३ कास्य पदक जिते

    बुटवल,फागुन ६- 

    काठमाण्डौमा सम्पन्न टिम टेनिस नेपाल जुनियर प्रिमियर नेशनल प्रतियोगितामा रुपन्देहीका खेलाडीले १ स्वर्णसहित ३ कास्य पदक जितेका छन ।

    काठमाण्डौको ललितपुरमा सम्पन्न प्रतियोगिता अन्तरगत यु–८ समुहमा बुटवल न्यु होराईजन माविका निश्चल ज्ञवालीले स्वर्ण पदक जितेका हुन । उनले फाईनलमा काठमाण्डौका सुभम केसीलाई ४–० ले पराजित गर्दै उपाधि चुमेका हुन ।

    ज्ञवालीले यु–९ समुहमा समेत तेस्रो स्थान हासिल गर्दै कास्य हात पारे । यसैगरि बुटवलकै संघर्ष फौदार यु –८ र यु –९ समुहमा तेस्रो स्थान हासिल गदै दुई कास्य जितेका छन ।

    यसैगरि यु –९ को डबल्सतर्फ बुटवलका ब्रिजेश अर्याल र योगेश ज्ञवालीको जोडी काठमाण्डौका सन्जोग बिलोङ र सम्खा एच राईको जोडीसंग क्वाटरफाइनलमा पराजित भएका थिए । प्रतियोगितामा विभिन्न ८ समुहमा देशभरका एक सय खेलाडीहरुले भाग लिएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology