Logo मंगलवार, श्रावण १२ गते २०८३
images

फष्ट लाफा ईन्टर फुटसल : एम्मा एफसीको विजयी शुरुवात

फष्ट लाफा ईन्टर फुटसल : एम्मा एफसीको विजयी शुरुवात

  • 2.9K
    SHARES

  • फष्ट लाफा ईन्टर फुटसल : एम्मा एफसीको विजयी शुरुवात

    बुटवल,फागुन ६- 

    फष्ट लाफा ईन्टर रुपन्देही फुटसल प्रतियोगिता २०७७ मा एम्मा एफसीले विजयी शुरुवात गरेको छ । लाफा समुहको बिहिबारदेखि शुरुभएको प्रतियोगितामा एम्माले ३५ प्लस ईन्टर एफसीलाई ३–० गोल अन्तरले पराजित गरेको हो । एम्माको जितमा प्रवेश क्षेत्रीले १ तथा अनिश शाक्यले २ गोल गरेका थिए । 

    प्रतियोगिताको एक समारोहका बिच असल साथी केन्द्रका रमना रानाले उद्घाटन गर्दै खेलकुदमार्फत युवाबिच एकतावद्घ गराई सामाजिक काममा अग्रसर गराउन मद्दत मिल्ने बताईन ।

    कार्यक्रममा फुटबल प्रशिक्षक याम गुरुङ, लाफा समुहका तारासिह रेश्मी, सल्लाहकार बबिन थापा, संरक्षक बासुदेव लामिछाने, फुलबारी गाईजका अध्यक्ष शिव राना, खेल संयोजक प्रविन थापा दर्लामीले स्थानिय खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको सफलताको शुभकामना दिए । 

    प्रतियोगिताको उपाधि विजेताले नगद ३० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक वारिस रानाले बताए । यसैगरि उपविजेता नगद १५ हजार, कप, मेडल, प्रमाणपत्र तथा उत्कृष्ट ३ विद्याका खेलाडीहरुलाई समेत ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने बताए ।

    योगिकुटीस्थित लुम्बिनी फुटसल एरिनामा दुई दिनसम्म संचालन हुने प्रतियोगितामा डेढ लाख खर्च हुने अनुमान आयोजकको छ । जिल्लाका करीब २५ टिम सहभागी हुने उनले बताए । यसैबिच आयोजक र पत्रकारका बिचमा मैत्रीपुर्ण प्रतियोगिता समेत गरिने उनले बताए ।

    लाफा समुहले वार्षिक क्यालेण्डर अनुसार खेलकुद गतिविधिसंगै सामाजिक कार्य गर्दै आएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology