Logo मंगलवार, श्रावण १२ गते २०८३
images

ई–रिक्साहरुमा क्यूआर कोडबाट भूक्तानी शुरु,शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा कोड हस्तान्तरण

ई–रिक्साहरुमा क्यूआर कोडबाट भूक्तानी शुरु,शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा कोड हस्तान्तरण

  • 5.0K
    SHARES

  • ई–रिक्साहरुमा क्यूआर कोडबाट भूक्तानी शुरु,शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा कोड हस्तान्तरण

    बुटवल,फागुन ६- 

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड लिमिटेडले ई–रिक्साहरुलाई क्युआर कोड हस्तान्तरण गरेको छ । 

    भैरहवामा बिहीबार आयोजित एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंक,सिद्धार्थनगरका निर्देशक सुदिप फुयालले नेपाल ई–रिक्सा संघमा आवद्ध ई–रिक्साहरुलाई ई–रिक्साको भाडा क्यूआर कोडबाट भुक्तानी गरी शुभारम्भ गरे । 

    कार्यक्रममा डिजिटल बैकिङ्गको आवश्यकता र महत्वको बारेमा प्रकाश पार्दै निर्देशक फुयालले आर्थिक कारोबारलाई सहज, सरल र सविधायुक्त बनाई डिजिटल बैंकिङ्गको माध्यमबाट हरेक क्षेत्रलाई डिजिटलमैत्री बनाउनुपर्ने बताए । 

    नेपाल ई–रिक्सा चालक संघ, सिद्धार्थनगरका अध्यक्ष हरि बहादुर नेपालीले डिजिटल कारोबारले आफुहरुलाई उत्साहित बनाएको बताए । कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक रमेश न्यौपानेको समेत उपस्थिति रहेको थियो ।

    त्यस्तै, डिजिटल बैंकिङ्गको अवधारण अनुरुप शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको सालझण्डी शाखाले ई–रिक्सा, फलफुल तथा तरकारी पसलहरुलाई क्यूआर कोड वितरण कार्यक्रम सम्पन्न भएको छ । सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले क्यूआर कोड हस्तान्तरण गरे । सालझण्डी शाखा शाखा प्रबन्धक अञ्जली केसीको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो । 

    बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले अबको बैकिङ्ग डिजिटलाईजेसनतर्पm अग्रसर भइरहेको र यसले व्यक्तिको दैनिकीलाई सहज बनाउने हुँदा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले डिजिटल सेवाहरु निरन्तर विस्तार गर्दै जाने बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology