बुटवल,फागुन ६-
लुम्बिनी वाणिज्य क्याम्पसको ४० औ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोतीलाल पाण्डेको अध्यक्षतामा भएको समारोहमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्राध्यापक डा. डिल्लीराज शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
शर्माले क्याम्पसले व्यवस्थापन विषयको क्षेत्रमा पु¥याएको योगदानको जति नै प्रसंसा गरेपनि अधुरो हुने बताउदै लुम्बिनी वाणिज्य क्याम्पस नेपालमै सर्वोत्कृष्ट क्याम्पस भएको प्रमाण पटकपटक क्याम्पसले प्राप्त गरेका पुरस्कारहरु र यस क्याम्पसको शैक्षिक नतिजा नै भएको उहाले बताउनुभयो ।
क्याम्पसलाई मानित विश्वविद्यालयमा रुपान्तरण गर्नको लागि आवश्यक शैक्षिक तथा भौतिक विकासमा सबै पक्ष तयार हुनुपर्नेमा जोड दिनुभयो ।
बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्य, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमाल, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, शिक्षक अभिभावक संघका अध्यक्ष लोकराज शर्मा, विद्यार्थी नेताहरु प्रकाश पराजुली, सुरज क्षेत्री, विराज चालिसे, अमृत पौडेल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
वार्षिकोत्सव मुल समारोहका संयोजक प्राध्यापक कृष्ण गौतमको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सहप्राध्यापक भरत भुसालले गर्नुभएको थियो भने क्याम्पस प्रमुख प्रा. डा. ताराप्रसाद उपाध्यायले क्याम्पसको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
विभिन्न तहमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गर्नुृका साथै साताव्यापी रुपमा सञ्चालन भएका अतिरिक्त क्रियाकलापहरुका विजयीहरुलाई प्रमाण पत्र तथा शिल्डले पुरस्कृत गरिएको थियो ।सो अवसरमा विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुतीहरु समेत प्रस्तुत गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)