Logo बिहिवार, आश्विन १ गते २०८३
images

गुल्मी जुनिया तराइ सम्पर्क समाजद्वारा ३ वटा विद्यालयमा कम्प्युटर तथा सिसिटिभी सहयोग

गुल्मी जुनिया तराइ सम्पर्क समाजद्वारा ३ वटा विद्यालयमा कम्प्युटर तथा सिसिटिभी सहयोग

  • 3.6K
    SHARES

  • गुल्मी जुनिया तराइ सम्पर्क समाजद्वारा ३ वटा विद्यालयमा कम्प्युटर तथा सिसिटिभी सहयोग

    बुटवल,फागुन ६-

    गुल्मी जुनिया तराइ सम्पर्क समाज रुपन्देहीले गुल्मीका ३ वटा बिद्यालयमा शैक्षिक सामग्री तथा कम्प्युटर तथा सिसिटिभी सहयोग गरेको छ ।

    सत्यवती गाउपालिका ७ जुनियाका २ माबि र १ प्राबिलाइ ३ वटा कम्प्युटर,३ वटा सिसिटिभी हस्तान्तरण गरिएको समाजका अध्यक्ष खड्कबहादुर शाहीले बताउनुभयो ।

    खड्कबहादुर शाहीको अध्यक्षता तथा सत्यवती गाउपालिकाका अध्यक्ष पारिश्वर ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस्तैगरि समाजले जुनियामा १ हजार ७ सय ५० मीटरको उचाइमा हिमाल हेर्न मिल्नेगरि भ्यु प्वाइन्टको पनि पञ्चेबाजा गाजासहित शिलान्यास गरेको छ ।

    कार्यक्रममा पूर्ण शाही,श्यामलाल थापा,पृथबहादुर बुढाथोकी,मेखराज भण्डारी,केशब भट्टराइ,जुनु सेन,हरि बिक लगायतले बोल्दै समाजले सामाजिक सेवा गरेकोमा धन्यबाद समेत दिएका थिए ।gulmi juniya (1).jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, फाल्गुण ६ २०७७०४:२५:०७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology