Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपालमा काेराेना संक्रमितको संख्या ५० हजार नाघ्यो,थप १२४६ जनामा संक्रमण पुष्टि

नेपालमा काेराेना संक्रमितको संख्या ५० हजार नाघ्यो,थप १२४६ जनामा संक्रमण पुष्टि

  • 4.4K
    SHARES

  • नेपालमा काेराेना संक्रमितको संख्या ५० हजार नाघ्यो,थप १२४६ जनामा संक्रमण पुष्टि

    बुटवल भदाै २५- 

    नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ ।

    देशका प्रयोगशालाहरूमा ११ हजार १४४ नमुना परीक्षण गर्दा ४०२ महिला र ८४४ पुरुषमा संक्रमण पुष्टि भएको हो । 

    उनीहरुमध्ये ३१७ जनाको मृत्यु भएको छ भने ३५ हजार ७०० जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १८१८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    रुपन्देहीमा ५१ सहित कहाँ-कहाँ कति थपिए संक्रमित ?

    काठमाडौं उपत्यकाका ५७२ जनामा संक्रमण पुष्टि भएको छ, जसमध्ये ४९५ जना काठमाडौंका छन् भने ललितपुरका ४३ र भक्तपुरका ३४ जना छन् ।

    यस्तै बाँकेका ७० जना, रुपन्देहीका ५१, कपिलवस्तुका ४४, सर्लाहीका ४२, नवलपरासीका ३७, काभ्रेका ३६, सप्तरी र मकवानपुरका ३५र३५ जना, पाल्पाका २९, सुनसरीका २३, संखुवासभाका २२, कास्की र कैलालीका २१-२१ जना, चितवनका १८, बाराका १७, मोरङका १६, स्याङ्जाका १२, झापा र पर्सा ११-११ जना, बर्दियाका १० र बाग्लुङका ९ जनामा संक्रमण पुष्टि भएको छ ।

    नवलपुरका ८ जना, गुल्मीका ७, रुकुम पश्चिम र सल्यानका ६-६ जना, तनहुँ र सुर्खेतका ५र५ जना, पाँचथर र दाङका ४-४ जना, भोजपुर, दोलखा र धादिङका ३-३ जना, इलाम, उदपयुर, रौतहट, रामेछाप, पर्वत र अर्घाखाँचीका २-२ जना तथा खोटाङ, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, लमजुङ, रोल्पा, डोटी, बाजुरा र बैतडीका १-१ जनामा पनि संक्रमण देखिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology