Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी टेलिभिजनले फागुन ६ -७ मा मिडियाकप भलिबल प्रतियोगिता गर्ने

लुम्बिनी टेलिभिजनले फागुन ६ -७ मा मिडियाकप भलिबल प्रतियोगिता गर्ने

  • 2.8K
    SHARES

  • लुम्बिनी टेलिभिजनले फागुन ६ -७ मा मिडियाकप भलिबल प्रतियोगिता गर्ने

    बुटवल,फागुन ५ -

    लुम्बिनी टेलिभिजन बुटवलले एक्स्पर्ट मिडिया कप भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

    रुपन्देहीमा संचालित मिडिया हाउसहरुका बिचमा भावनात्मक सम्बन्ध विस्तार गर्ने उद्देश्यले भलिबल प्रतियोगिता आयोजना गरिएको टेलिभिजनका महासचिव दिनेश पाण्डेले जानकारी दिए ।

    कोरोना महामारीका कारण मिडिया क्षेत्र समेत प्रभावित भईरहेको अवस्थामा मिडिया हाउस तथा पत्रकारहरुमा खेलकुदको माध्यमबाट उत्साह थप्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको पाण्डेले जानकारी दिए ।

    तिलोत्तमा २ योगिकुटी स्थीत मणिमुकुन्द भलिबल क्लबको कोर्टमा हुने प्रतियोगितामा सहभागिताको लागि बुधबार दिउसो १ बजेसम्म टिम दर्ताको समय रहेको प्रतियोगिताका संयोजक विकास पराजुलीले जानकारी दिए ।

    फागुन ६ र ७ गते दुईदिन सम्म हुने प्रतियोगितामा प्रथम हुने समुहले २५ हजार, द्धितियले १५ हजार र तृतियले ५ हजार नगद पुरस्कार सहित कप तथा मेडल प्राप्त गर्ने छन ।

    त्यस्तै सेमिफाईनलमा पुग्ने चारवटा टिमलाई जर्सि प्रदान गरिने छ भने खेल अवधीभर सबै खेलाडीहरुको दुर्घटना विमा समेत गरिएको संयोजक पराजुलीले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology