बुटवल,फागुन ५ -
पछिल्लो २४ घण्टामा देशभर १२५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले ३ हजार ८३८ जनाको पीसीआर परीक्षण भएकोमा १२५ जनालाई संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार आज थपिएकामध्ये ६० जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ४५,ललितपुरमा ९ र भक्तपुरमा ६ जनालाई संक्रमण पुष्टि भएको छ ।
आज सक्रिय संक्रमितको संख्या १ हजार ६२१ रहेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)