Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कालिका मानवज्ञानमा पुरस्कार वितरण,उत्कृष्ट पत्रकारिता पुरस्कार मल्ललाई

कालिका मानवज्ञानमा पुरस्कार वितरण,उत्कृष्ट पत्रकारिता पुरस्कार मल्ललाई

  • 2.4K
    SHARES

  • कालिका मानवज्ञानमा पुरस्कार वितरण,उत्कृष्ट पत्रकारिता पुरस्कार मल्ललाई

    बुटवल,फागुन ५ - 

    कालिका मानवज्ञान माध्यमिक विद्यालयमा पुरस्कार वितरण गरिएको छ। एक समारोहका बीच पत्रकार कृष्ण मल्ल लगायत विभिन्न विद्यार्थीहरुलाई सम्मान गरिएको विद्यालयका शिक्षक युवराज कंडेलले बताए ।

    पत्रकार मल्ललाई उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ । लामो समयदेखि शिक्षा पत्रकारितामा संलग्न मल्ल बुटवल टुडे दैनिकका सम्पादक तथा शिक्षा पत्रकारिता समुहका केन्द्रिय उपाध्यक्ष हुन् । शिक्षा पत्रकारितामार्फत विद्यालयका चौतर्फी विकासमा योगदान गरेकोले पत्रकार मल्ललाई सम्मान गरिएको हो ।

    त्यसैगरी विद्यालयमा स्थापना भएको रामकाजी, मिनकुमारी कल्याणकारी अक्षयकोषबाट विद्यार्थी सविना सुवेदीलाई ५० हजार राशीको पुरस्कार दिइएको छ । २०७५ सालको एसईई परीक्षामा ४ जिपिए ल्याए बापत उनलाई उक्त पुरस्कार दिइएको हो । उनि अहिले उक्त विद्यालयको कक्षा १२ तर्फ विज्ञान समुहमा अध्ययनरत छिन् ।

    श्रीपञ्चमीको अवसरमा विद्यालयमा आयोजित पुरस्कार वितरण कार्यक्रममा अक्षयकोषदाता राम काजी गुरुङ र मिनकुमारी गुरुङको उपस्थितिमा उनलाई मंगलबार पुरस्कार प्रदान गरिएको हो ।

    उक्त अक्षयकोषबाट कक्षा १२ मा सर्वोत्कृष्ट जिपिए ल्याउने संदिपा अस्लामी, निशा खत्री र सचिन रोका क्षेत्रीलाई ३०र३० हजारको पुरस्कार प्रदान गरिएको छ । विद्यालयका प्रधानाध्यापक बिष्णुहरि ज्ञवालीका अनुसार बुटवल ९, इट्टाभट्टी निवासी गुरुङ परिवारले उक्त अक्षयकोष स्थापना गरेका हुन् । त्यसैगरी विद्यालयका अरु २१ जना विद्यार्थीलाई २ हजारका दरले पुस्कार प्रदान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गलामीले जानकारी दिए ।

    उक्त कार्यक्रममा स्व। मानबहादुर गलामी स्मृति अक्षयकोषबाट कक्षा १२ को शिक्षा समुहमा सर्वोत्कृष्ट जिपिए ल्याउने दुइ जना छात्र छात्रालाई ५÷५ हजार नगर सहित सम्मान गरियो ।

    सम्मान हुनेहरुमा सुमन श्रेष्ठ र श्वेता गुप्ता रहेकी छिन् । विद्यालयले स्व। डा। प्रज्वल श्रेष्ठ अक्षयकोषबाट कक्षा १२ मा विज्ञान समुहतर्फ सर्वोत्कृष्ट जिपिए ल्याउने सचिन रोका र विपिन धिताललाई ९र९ हजार नगद सहित सम्मान गरिएको थियो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामिको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कक्षा ११ र १२ को वार्षिक परिक्षामा सर्वोत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology