Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

खोर्लाबेसी खण्ड बूढीगण्डकी नदीले पुन: बगायो

खोर्लाबेसी खण्ड बूढीगण्डकी नदीले पुन: बगायो

  • 57
    SHARES

  • खोर्लाबेसी खण्ड बूढीगण्डकी नदीले पुन: बगायो

    गोरखा ,कात्तिक १४ ।

    बेनिघाट आरूघाट लार्के सडक अन्तरगतको खोर्लाबेसी खण्ड बूढीगण्डकी नदीले पुन: बगाएको छ । वर्षाका कारण नदीमा पानीको बहाव बढेपछि सडक बगाएको हो ।

    गोरखा सडक योजनाका अनुसार सो खण्डमा करिब एक सय मिटर सडक बगाएको छ । गत असोज २५ गते आएको बाढीले सोही खण्डमा करिब दुई सय पचास मिटर सडक बगाएको थियो ।

    ‘खोलालाई डाइभर्ट गरेर कुनातर्फबाट अस्थायी रुपमा डाइभर्सन बाटो बनाएका थियौं,’ कार्यालय प्रमुख बिनोद पुनले भने, ‘आज फेरि त्यही खण्ड बगायो ।’

    नदीमा पानीको बहाव कम भएपछि मर्मतको काम सुरु हुने उनले बताए ।‘अहिले नदीमा पानीको बहाव बढेकाले काम गर्न सक्ने अवस्था छैन, कम भएपछि मेसिन लगाएर काम सुरु गर्छाैं,’ पुनले भने ।

    बेनिघाट आरुघाट लार्के हुँदै तिब्बत जोड्ने उक्त सडक उत्तरी गोरखाको मुख्य लाइफलाइन सडक हो । सडक बगाएपछि उत्तरी गोरखाका स्थानीयलाई आउजाउमा मात्र होइन खाद्यान्न लगायतका अत्यावश्यक सामग्री ढुवानीमा समेत समस्या परेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology