Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

रामग्राममा ट्रकको ठक्करबाट पत्रकार पोखरेलको मृत्यु

रामग्राममा ट्रकको ठक्करबाट पत्रकार पोखरेलको मृत्यु

  • 432
    SHARES

  • रामग्राममा ट्रकको ठक्करबाट पत्रकार पोखरेलको मृत्यु

    बुटवल ,कार्तिक १३ ।

    पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–२ स्थित सेतो पुलमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
    आज दिउँसो करिब १२ः१० बजे हुलाकी सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४९७ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लुम्बिनी प्रदेश ०१–००९ प ९६१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

    ट्रकको ठक्करबाट मोटरसाइकल चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३, भलवारी निवासी अन्दाजी ४० देखि ५० वर्षका पोषकान्त पोखरेल घाइते हुनुभएको थियो। उहाँलाई उपचारका लागि जिल्ला अस्पताल परासी पठाइएकोमा दिउँसो १२ः२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।093e1f8cadbe1bbdf4d8964cbb310d89.jpeg

    दुर्घटनापछि प्रहरीले ट्रक, ट्रक चालक कञ्चनपुरको लालझाडी गाउँपालिका–६ निवासी २६ वर्षीय बन्धु राना तथा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ। मृतकका आफन्तसँग सम्पर्क गर्ने तथा घटनाबारे थप अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, कार्तिक १४ २०८३०१:५८:०७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology