Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

सपथ ग्रहण लगत्तै पहिलो बैठक : माइन्युट लेखन तथा प्रभावकारी बैठक सञ्चालन विधिको तालिम दिइने

सपथ ग्रहण लगत्तै पहिलो बैठक : माइन्युट लेखन तथा प्रभावकारी बैठक सञ्चालन विधिको तालिम दिइने

  • 801
    SHARES

  • सपथ ग्रहण लगत्तै पहिलो बैठक : माइन्युट लेखन तथा प्रभावकारी बैठक सञ्चालन विधिको तालिम दिइने

    बुटवल,कार्तिक १३ ।

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचित नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. २ रुपन्देहीको पहिलो बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ।

    बैठकअघि प्रमुख निर्वाचन अधिकृत डा. ओमप्रकाश अर्यालले  नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउदै र प्रमाणपत्र वितरण गर्नुभएको थियो। 

    क्षेत्रीय सभापति प्रजापाल गिरीका अनुसार बैठकले नेपालीहरूले मनाउने विभिन्न पर्वलाई लक्षित गरी बृहत् शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने तथा पार्टीका विभिन्न तहका सचिव र सहसचिवलाई लक्षित गरी एकदिने तालिम सञ्चालन गर्ने निर्णय गरेको छ।

    बैठकले वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र र क्षेत्रीय समितिका सचिव तथा सहसचिवलाई लक्षित गरी माइन्युट लेखन तथा प्रभावकारी बैठक सञ्चालन विधिसम्बन्धी एकदिने तालिम सञ्चालन गर्ने निर्णयसमेत गरेको सभापति गिरीले बताउनुभयो।

    कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत डा. ओमप्रकाश अर्याल, महाधिवेशन प्रतिनिधि विमलराज भट्टराई र हिमाल गैरे, प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ का सभापति रविन्द्रमान श्रेष्ठ, प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ का सभापति जवानसिंह ठकुरी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

    बैठकमा पार्टीको संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउने, विभिन्न तहका समितिबीच समन्वय बढाउने तथा बैठक सञ्चालन र अभिलेख व्यवस्थापनलाई व्यवस्थित बनाउने विषयमा जोड दिइएको थियो। कार्यक्रमको संचालन क्षेत्रीय सचिव छाया पोखरेलले गर्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology