बुटवल,फागुन ४ -
नेपाली कांग्रेस बुटवल नगर सभापति खेलराज पाण्डेयले आफ्नो जन्मदिन मानव सेवा आश्रममा मनाउनु भएको छ । वुटवलको सुख्खानगरमा रहेको सेवा आश्रममा आश्रितलाई खाजा खुवाउँदै मंगलबार पाण्डेयले जन्मदिन मनाउनु भएको हो ।
पछिल्लो समय पार्टी प्यालेश तथा होटलमा जन्मदिन मनाएर फजुल खर्च गर्ने संस्कृति बढ्दै जाँदा सभापति पाण्डेयले भने मानव सेवा आश्रममा जन्मदिन मनाउनु भएको हो । राजनीतिक गर्ने मानिस तडकभडक भन्दा पनि सेवाभावमा लाग्नु पर्ने पाण्डेयले बताउँनु भएको छ ।
जन्मदिनमा फजुल खर्च गर्नुको सट्टा गरिब दुखि तथा असायलाई सहयोग गर्नु पर्ने पाण्डेयले बताउँनुभयो ।
यस्तै नेपाली कांग्रेस महासमिति सदस्य युवराज गिरी , क्षेत्रीय सभापति हरि लम्साल, मानवसेवा आश्रमका लोकनाथ भुषाल लगायतले पाण्डेयलाई जन्मदिनको शुभकामना दिनुभएको थियो । 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)