Logo मंगलवार, श्रावण १२ गते २०८३
images

शान्ति नमुनाको ६२ औँ वार्षिकोत्सव : दातादेखि शिक्षक-कर्मचारीसम्म सम्मान

शान्ति नमुनाको ६२ औँ वार्षिकोत्सव : दातादेखि शिक्षक-कर्मचारीसम्म सम्मान

  • 5.3K
    SHARES

  • शान्ति नमुनाको ६२ औँ वार्षिकोत्सव  : दातादेखि शिक्षक-कर्मचारीसम्म सम्मान

    बुटवल,फागुन ४ - 

    तिलोत्तमा नगरपालिकामा रहेको शान्ति नमुना माविको ६२ औ बार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

    कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडले सामुदायिक विद्यालयमध्ये फरक पहिचान बनाएको नमुना समयसापेक्ष अगाडि रहेको बताए । उनले शिक्षाको बिकास बिना नेपालमा अरू बिकासको अर्थ नरहने बताए । 

    सोही अवसरमा पूर्व मन्त्री बालकृष्ण खाँड दाता सम्मान, छात्रवृत्ति वितरण, शिक्षक तथा कर्मचारी सम्मान, ८ कोठे विद्यालय भवनको सिलान्यास तथा विद्यालयको मुखपत्र नानीको विमोचन समेत गरे।

    विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले अँग्रेजी र नेपालीमा पठनपाठनसंगै प्राविधिक शिक्षालाई समेत जोड दिएको बताए । अटिजमका बालबालिका लक्षित गरेर केन्द्र स्थापनाको तयारी समेत भएको उनले बताए ।  लामिछानेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यार्थी संख्याका आधारमा जनशक्तिको अभाव भएको भन्दै राज्यले शिक्षाको दायित्व र दायरा बढाउनुपर्नेमा जोेड दिए।

    कार्यक्रममा लुम्बिनी प्रदेश शिक्षा विकास निर्देशनालयका उपसचिव भोज बहादुर के.सी., शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख दिपेन्द्र ढकाल, डिभिजन कार्यालयका प्रमुख दिपक भण्डारी, नेपाल नेत्रहीन संघका राष्ट्रिय अध्यक्ष रमेश पोखरेल, राष्ट्रिय बहिरा संघका महासचिव खुम बहादुर बुढाथोकी लगायतले विद्यालयको शैक्षिक विकासका लागि योगदान पु¥याउने प्रतिबद्धता जनाउदै शुभकामना दिए ।

    प्रतिनिधिसभा बिघटन मुद्धा : अनुचित निर्णय भए जनताले अस्वीकार गर्छन् : खाँण

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको बृहतर विकासका लागि खटिने २० जना शिक्षक कर्मचारीहरुलाई सम्मान गरिएको थियो भने विद्यालयमा अक्षयकोष स्थापना गर्ने ५ जना दाताहरु र विद्यालयलाई विविध क्षेत्रमा सहयोग गर्ने ४ वटा संस्थालाई सम्मान गरिएको थियो । यसैगरी एस.इ.इ.मा जि.पि.ए. ४ प्राप्त गर्न सफल ८ जना विद्यार्थीहरुलाई स्वर्ण पदकबाट, जि.पि.ए. ३.९० भन्दा माथि प्राप्त गर्ने २५ जनालाई रजत पदकबाट सम्मान गरिएको थियो ।

    त्यस्तै दाताहरुले स्थापना गर्नुभएका ४४ वटा छात्रवृत्ति विद्यार्थीहरुलाई वितरण गरिएको थियो भने गत वर्ष इस.इ.इ. उत्तीर्ण ३ सय ३५  जना र कक्षा १२ उत्तीर्ण २ सय १२ जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । खाँडले विद्यालयमा निर्माण हुन गैरहेको ८ कोठे भवनको सिलान्यास, श्रवण दृष्टि विहिन श्रोत कक्षाको उद्घाटन र विद्यालयको वार्षिक मुखपत्र नानीको विमोचन गर्नुभएको  सूचना विभाग संयोजक दिनेश खड्काले जानकारी दिए ।

    कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक स्थानेश्वर बस्यालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक किशोर कुमार खनाल, अंग्रेजी माध्यमिक संयोजक दिपेन्द्र कुमार शाक्य र दश जोड दुईका संयोजक राजेन्द्र के.सी.ले गरे ।

    वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरुले परम्परागत नृत्यहरु, गायन तथा विभिन्न झाँकीहरु प्रस्तुत गरेका थिए भने नृत्य शिक्षक रन्जित भण्डारीले संयोजन गरेका थिए।  विद्यालयमा हाल करिव ३६ सय विद्यार्थीहरु अध्ययनरत छन् भने १ सय ४० जना शिक्षक कर्मचारी कार्यरत छन् ।

    santi namuna.jpg

    कार्यक्रममा विद्यालयको भौतिक र शैक्षिक विकासमा महत्वपुर्ण योगदान पुर्याएका ब्यक्ति, संस्थाका साथै वार्षिकोत्सबको अवसरमा आयोजना गरिएको विभिन्न खेलकुद तथा अन्य कार्यक्रममा उत्कृष्टहरुलाई समेत सम्मान गरिएको थियो ।

    विद्यालयमा ३ हजार ६ सय विद्यार्थी र १ सय ३० शिक्षकहरु रहेको सहायक प्रधानाध्यापक किशाेरकुमार खनालले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology