Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

नयाँगाउं माविमा निःशुल्क दन्त स्वास्थ्य शिविर, करिब ९ सयले लिए सेवा

नयाँगाउं माविमा निःशुल्क दन्त स्वास्थ्य शिविर, करिब ९ सयले लिए सेवा

  • 2.4K
    SHARES

  • नयाँगाउं माविमा  निःशुल्क दन्त स्वास्थ्य शिविर, करिब ९ सयले लिए सेवा

    बुटवल,असोज १९ ।

    बुटवल उपमहानगरपालिका–१२, नयाँगाउँस्थित नयाँ गाउँ माध्यमिक विद्यालयमा आयोजित निःशुल्क दन्त स्वास्थ्य शिविरआज सम्पन्न भएको छ। शिविरबाट करिब ९ सय जना विद्यार्थीले दन्त स्वास्थ्यसम्बन्धी सेवा तथा परामर्श लिए।

    बुटवल उपमहानगरपालिकाको समन्वय तथा बुटवल डेन्टल केयर प्रा.लिको सहकार्यमा शिविर सञ्चालन गरिएको हो। विद्यालयको माग तथा सिफारिसका आधारमा उपमहानगरपालिकाले शिविर सञ्चालनका लागि आवश्यक समन्वय र सहजीकरण गरेको थियो।

    शिविरमा सहभागीहरूलाई दाँत तथा मुखको स्वास्थ्य परीक्षण, आवश्यक परामर्शलगायतका दन्त स्वास्थ्यसम्बन्धी सेवा प्रदानगरिएको आयोजकले जनाएको छ। विद्यालयमा निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालनका लागि बुटवल डेन्टल केयर प्रा.लि.ले समेत अनुमति माग गरेको थियो।

    शिविर सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने विद्यालय, स्वास्थ्यकर्मी, स्थानीयवासी तथा सम्बन्धित सबैप्रति आयोजकले धन्यवादव्यक्त गरेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, आश्विन १९ २०८३०४:४६:२६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology