Logo बिहिवार, आश्विन १ गते २०८३
images

केही समयभित्रै संयुक्त आन्दोलनमा जान्छाैँ : प्रचण्ड

केही समयभित्रै संयुक्त आन्दोलनमा जान्छाैँ : प्रचण्ड

  • 2.2K
    SHARES

  • केही समयभित्रै संयुक्त आन्दोलनमा  जान्छाैँ : प्रचण्ड

    बुटवल,फागुन ४ - 

    नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयभित्रै दलहरू संयुक्त आन्दोलनमा जाने बताएका छन्।

    आज बिहान चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेताहरूसँग संयुक्त आन्दोलनमा जानेबारे छलफल भएको बताए।

    ‘आन्दोलन भइराखेको छ। यसलाई सकेसम्म संयुक्त गरौं भन्ने प्रयास भइराखेकै छ। हिजो मैले शेरबहादुर देउवासँग कुरा गरेँ- यसलाई संयुक्त बनाऔं भनेर। रामचन्द्र पौडेल र अरू नेतासँग पनि कुरा गरिराखेकै छु। जसपाका नेताहरूसँग पनि कुरा भइराखेकै छ। केही समयभित्र संयुक्त आन्दोलन हुन्छ भन्ने लागेको छ,’ उनले भने।

    संविधानलाई ट्याकमा ल्याउन आन्दोलन गर्नुपरेको उनले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नुलाई उनले असंवैधानिक भनेका छन्।

    ‘चुनाव भयो भने त्यो असंवैधानिक र अलोकतान्त्रिक हुन्छ,’ उनले भने। अवैधानिक चुनाव नगर्न उनले आग्रह गरेका छन्। प्रतिनिधि सभा पुनर्स्थापना हुने प्रचण्डको विश्वास छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology