Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

सिद्धबाबा क्षेत्रमा मोटरसाइकल दुर्घटना,गुल्मी छत्रकोटका पन्तको मृत्यु

सिद्धबाबा क्षेत्रमा मोटरसाइकल दुर्घटना,गुल्मी छत्रकोटका पन्तको मृत्यु

  • 1.8K
    SHARES

  • सिद्धबाबा क्षेत्रमा मोटरसाइकल दुर्घटना,गुल्मी छत्रकोटका पन्तको मृत्यु

    बुटवल,असोज १८  ।

    पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा गुल्मीको छत्रकोट गाउँपालिका–३ का ४७ वर्षिय नवराज पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

    आइतबार दिउँसो साढे १ बजेतिर बुटवलबाट पाल्पातर्फ जाँदै गर्दा पन्त सवार लु ७४ प ९१७१ नम्बरको मोटरसाइकल तल्लो सिद्धबाबा मन्दिर नजिकै सडकबाट तिनाउ नदीमा खसेको थियो ।

    दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरीले पन्तलाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाएको थियो । अस्पतालमा उपचारका क्रममा चिकित्सकले पन्तलाई मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक भट्टराईले बताए । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    accid.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology