Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

विद्यार्थीलाई समाचार लेखन सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्दै ज्ञानपुञ्ज

विद्यार्थीलाई समाचार लेखन सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्दै ज्ञानपुञ्ज

  • 804
    SHARES

  • विद्यार्थीलाई समाचार लेखन सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्दै ज्ञानपुञ्ज

    बुटवल,असाेज १३ ।

    बुटवल उपमहानगरपालिका वडा न.११ नहरपुर स्थित ज्ञानपुञ्ज इंगलिस बोर्डिङ स्कुलले विद्यार्थी लक्षित आधारभूत समाचार लेखन कार्यशाला मंगलबार सम्पन्न गरेको छ । विद्यालयका कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुलाई समाचार लेखन सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उदेश्यले कार्यशाला गरेको हो ।

    विद्यार्थीहरुलाई व्यवहारिक सिप र लेखनसिपको विकासका लागि आधारभूत समाचार लेखन कार्यशाला गरिएको विद्यालयका प्रचार्य शंकर भण्डारीले बताए । उनले विद्यालयले पाठ्यक्रम मात्रै पढाएर नहुने भन्दै सृजनशिल विद्यार्थी उत्पादनका लागि कार्यशाला गरिएको बताए । 

    उनका अनुसार विद्यालयमा विद्यार्थीकै सृजनशिलताका लागि भित्तेपत्रिका समेत प्रकाशन सुरु गरिएको छ । सोमबार र मंगलबार गरी दुईदिन सञ्चालन भएको कार्यशालाको झन्डै दुई दशकदेखि बुटवलमा पत्रकारिता गरेका  पत्रकार विनोद परियारले सहजीकरण गरेका थिए ।

    उनले विद्यार्थीहरुका लागि समाचारका आधारभूत सैद्धातिक ज्ञान तथा लेखनसिप सम्बन्धी व्यवहारिक अभ्यास गराएका थिए । कार्यशालामा सहभागी भएकामध्ये उत्कृष्ट विद्यार्थीहरुलाई थप तालिम दिने विद्यालयका सहप्रचार्य भिम बस्नेतले बताए ।

    पछिल्लो समय ज्ञानपुञ्जले विद्यार्थीहरुको सिकाईलाई फराकिलो बनाउन विभिन्न रचनात्मक कार्यक्रम तथा कार्यशाला गर्दै आइरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology