Logo मंगलवार, श्रावण १२ गते २०८३
images

यस्ताे थियाे आज कांग्रेसले भैरहवामा गरेको बिराेध प्रदर्शन,फाेटाेफिचर

यस्ताे थियाे आज कांग्रेसले भैरहवामा गरेको बिराेध प्रदर्शन,फाेटाेफिचर

  • 3.6K
    SHARES

  • यस्ताे थियाे आज कांग्रेसले भैरहवामा गरेको बिराेध प्रदर्शन,फाेटाेफिचर

    बुटवल,फागुन ३ - 

    नेपाली कांग्रेसले भैरहवामा आज बिरोध प्रदर्शन गर्याे। भैरहवामा बिरोध र्याली पछि हनुमान मन्दिरमा बिरोध सभाको आयोजना गरिएको थियाे । काँग्रेसले आज ७७ वटै जिल्लामा एक साथ बिरोध सभाको आयोजना गरेको हो ।sher.jpg  सभालाई नेपाली कांग्रेसका केन्द्रिय सभापति शेर बहादुर देउवाले सम्बोधन गरे । देउवाले नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजाभन्दा पनि ठूला राजा हुन थालेको बताए।sher bahadur deuwa.jpg

    ओली र प्रचण्ड अहिले नेकपाभित्र भिन्नभिन्न समूहमा छन्।  उनले कुर्सीका लागि अहिले ओली र प्रचण्डबीच झगडा भइरहेको बताए।कांग्रेसकै नेताहरू कोही ओली र कोही प्रचण्ड ठिक भनिरहेको देउवाको भनाइ थियो।nc.jpg

    ‘तिनको झगडाले हाम्रो पार्टीमै समस्या आइसकेको छ,’ देउवाले भने, ‘हामी कतैतिर लाग्ने काम छैन।’ ‘प्रचण्डले प्रजातन्त्र मान्छु भने। गिरिजाप्रसाद कोइरालाले प्रचण्डलाई भारतबाट ल्याएर नेपालमा ल ठीक छ भनेर संविधान सभाको चुनाव गराइयो।bk khad.jpg

    तर यिनीहरू प्रचण्ड र ओली राजाभन्दा पनि ठूला राजा हुन थाले। उनीहरू कुर्सीका लागि झगडा भयो। यो झगडामा हाम्रो कुनै हात छैन,’ उनले भने।birod sava congress.jpg

    जिल्ला सभापति अब्दुल रज्जाकले वक्ताको रुपमा केन्द्रिय सभापति देउवा सहित केन्द्रिय सदस्य बालकृष्ण खाँण र संघिय संसदका लेखा समिति संयोजक भरत कुमार शाह,प्रमाेद यादव,प्रदेश सांसद रमा अर्याल,कांग्रेस रुपन्देही सचिब रामकृष्ण खाँण,नेविसंघका केन्द्रिय उपसभापति मुक्तिराज पाैडेल लगायतले सम्बोधन गरे। भैरहवाको बुद्धचोकबाट र्यालीको आयोजना गरि नारायणपथ, मिलनचोक हुँदै हनुमान मन्दिरमा पुगेर बिरोधसभाको आयोजना गरिएको थियाे ।

    congress.jpg

    congress andolan.jpg

    mukti.jpgbharat saha.jpg

    nc mass.jpg

    congresss.jpgnc s.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology