Logo मंगलवार, श्रावण १२ गते २०८३
images

चट्याङ लागेर बागलुङको ताराखोलामा गएराति एक युवकको मृत्यु

चट्याङ लागेर बागलुङको ताराखोलामा गएराति एक युवकको मृत्यु

  • 4.1K
    SHARES

  • चट्याङ लागेर बागलुङको ताराखोलामा गएराति एक युवकको मृत्यु

    बागलुङ भदाै २५-

    चट्याङले लागेर बागलुङको ताराखोलामा गएराति एक युवकको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ लाग्दा ताराखोला गाउँपालिका–३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो ।

    मोबाइल चार्जमा राख्नेक्रममा आफ्नै घरमा परेको चट्याङले उनलाई लागेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।टाउकोमा गहिरो चोट लागेका बस्नेतलाई गलकोट हटियास्थित प्राथमिक स्वास्थ्यकेन्द्रले गएराति नै मृत घोषणा गरेको प्रहरी चौकी ताराखोलाका प्रमुख, प्रनानी युवराज सलामीले बताए।

    चट्याङके उनको घरमा पारेको थप क्षतिको विषयमा अनुसन्धान भैरहेको छ । युवकको शवलाई पोष्टमार्टमपछि आज परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।

    चट्याङ परेको बेला विद्युतीय उपकरण चलाउन नहुने जानकारहरु बताउँछन् ।

    रासस

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology