Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘निर्वाचन आयोगको गतिविधि संकास्पद छन्,आयोगले अदालतको निर्णय किन कुर्नुपर्याे ?’ : शेरबहादुर देउवा

‘निर्वाचन आयोगको गतिविधि संकास्पद छन्,आयोगले अदालतको निर्णय किन कुर्नुपर्याे ?’ : शेरबहादुर देउवा

  • 2.9K
    SHARES

  • ‘निर्वाचन आयोगको गतिविधि संकास्पद छन्,आयोगले अदालतको निर्णय किन कुर्नुपर्याे ?’ : शेरबहादुर देउवा

    बुटवल,फागुन ३ -

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगले चुनावी कार्यतालिका नल्याएकोले आशंका गर्नुपर्ने दिन आएको बताएका छन्।  निर्वाचन आयोगले काम गर्न अदालतको निर्णय कुर्नु पर्दैन यहाँ केपि ओलीसंगको साँठगाँठ छ की भन्ने आशंका उब्जिएको  देउवाको भनाइ छ।

    ‘निर्वाचन आयोगले किन अहिलेसम्म निर्वाचन कार्यक्रम बाहिर निकाल्दैन ?  चुनाव नगराउने हो भने भन्नुपर्‍यो चुनाव गराउँदिनँ भनेर। चुनाव गराउने हो भने निर्वाचनको प्रक्रिया सुरू गरेकै छैन। कुनै पनि संसदको विघटन भएको छ महिनाभित्र चुनाव गरिसक्नुपर्छ,’ भैरहवामा आज भएको सभामा देउवाले भने।

    उनले जेठभित्र आयोगले चुनाव गराउनुपर्ने बताए। ‘जेठ अन्तिमसम्म ओलीले चुनाव गराउनुपर्छ। निर्वाचन आयोगको पनि त्यही काम हो। आयोग संविधान बाहिर जान सक्छरु उसलाई मतलब नै छैन। निर्वाचन आयोगलाई म यहीबाट भन्न चाहन्छु- प्रधानमन्त्री ओलीले संसद विघटन गरेको छ महिनाभित्र चुनाव गराइसक्नुपर्छ,’ उनले भने।

    प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा चुनाव गर्छु भने पनि आयोगले चुनाव गर्छु भनेर नभनेको देउवाको भनाइ छ।  ‘निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसकेको छ।

    चुनाव चिन्हबारे छिटो निर्णय गर :

    किन यसले चुनावको कार्यतालिका प्रकाशित गर्दैन,’ उनले भने, ‘सबै पार्टीलाई बोलाएर किन चुनावी कार्यक्रम दिन सक्दैन ?अदालतको निर्णय पर्खने काम आयोगको होइन। अदालतले चुनाव हुँदैन भन्यो भने रोके भइगो के विग्रन्छ। आयोगले छ महिनाभित्र निर्वाचन गर्छु भनेर जनतालाई भन्नुपर्‍यो।’

    निर्वाचन आयोगले निर्वाचनका लागि तयार छु भनेर जनतालाई भन्न नसकेको देउवाको गुनासाे छ। नेकपामा चुनाव चिन्हको झगडा छ, किन चुनाव चिन्ह दिँदैन निर्वाचन आयोगले ?’

    सूर्य चुनाव चिन्ह एउटै रहको भन्दै उनले प्रचण्डलाई दिने कि ओलीलाई दिने छिटो निर्णय गर्न आग्रह गरे । 

    ओली-प्रचण्ड झगडाले हाम्रो पार्टीमै समस्या आयाे !

    देउवाले नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजाभन्दा पनि ठूला राजा हुन थालेको बताएका छन्।

    ओली र प्रचण्ड अहिले नेकपाभित्र भिन्नभिन्न समूहमा छन्।  उनले कुर्सीका लागि अहिले ओली र प्रचण्डबीच झगडा भइरहेको बताए।कांग्रेसकै नेताहरू कोही ओली र कोही प्रचण्ड ठिक भनिरहेको देउवाको भनाइ थियो।

    ‘तिनको झगडाले हाम्रो पार्टीमै समस्या आइसकेको छ,’ देउवाले भने, ‘हामी कतैतिर लाग्ने काम छैन।’ ‘प्रचण्डले प्रजातन्त्र मान्छु भने। गिरिजाप्रसाद कोइरालाले प्रचण्डलाई भारतबाट ल्याएर नेपालमा ल ठीक छ भनेर संविधान सभाको चुनाव गराइयो।

    तर यिनीहरू प्रचण्ड र ओली राजाभन्दा पनि ठूला राजा हुन थाले। उनीहरू कुर्सीका लागि झगडा भयो। यो झगडामा हाम्रो कुनै हात छैन,’ उनले भने।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology