Logo बिहिवार, आश्विन १ गते २०८३
images

तीजका दिन (भदौ २९ ) लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

तीजका दिन (भदौ २९ ) लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

  • 369
    SHARES

  • तीजका दिन (भदौ २९ ) लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

    बुटवल ,भदौ २७ ।

    हरितालिका तीजको अवसरमा लुम्बिनी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालयले भदौ २९ गते सोमबार हरितालिका तीजका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने जनाएको हो ।
    प्रदेश राजपत्र भाग-३, खण्ड ९, संख्या १७ मा २०८२ साल चैत २३ गते प्रकाशित सूचनाबमोजिम तीजका दिन सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।
    मन्त्रालयका उपसचिव प्रेमप्रसाद आचार्यद्वारा जारी सूचनामार्फत प्रदेश सरकारअन्तर्गतका कार्यालय तथा सम्बन्धित सबैलाई बिदाबारे जानकारी गराइएको छ । यससँगै भदौ २९ गते सोमबार लुम्बिनी प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालयहरू बन्द रहनेछन् ।IMG_8876.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, भाद्र २७ २०८३०७:५०:३४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology