Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलोत्तमा सृजनशील समाजद्वारा करिब ७ टन राहत सामग्री संकलन गरि प्रभावित क्षेत्रमा हस्तान्तरण

तिलोत्तमा सृजनशील समाजद्वारा करिब ७ टन राहत सामग्री संकलन गरि प्रभावित क्षेत्रमा हस्तान्तरण

  • 162
    SHARES

  • तिलोत्तमा सृजनशील समाजद्वारा करिब ७ टन राहत सामग्री संकलन गरि प्रभावित क्षेत्रमा हस्तान्तरण

    बुटवल, भदौ १८ ।
    रसुवा जिल्लामा गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि तिलोत्तमा सृजनशील समाजले करिब ७ टन राहत सामग्री संकलन गर्न सफल भएको छ ।

    तिलोत्तमा सिर्जनशील समाजको अग्रसरता तथा स्थानीय आमा समूह, टोल विकास संस्था र विभिन्न संघसंस्थाको सहकार्यमा सञ्चालन गरिएको राहत संकलन अभियानबाट खाद्यान्न, लत्ताकपडा तथा सरसफाइ र स्वास्थ्यसम्बन्धी सामग्री संकलन गरिएको समाजका अध्यक्ष सन्तोष कुमार केसी वर्माले बताए ।

    संकलित राहत सामग्रीमा चामल, दाल, सोयाबिन, खानेतेल, चाउचाउ, चिउरा, भुजा, बिस्कुटलगायत खाद्य सामग्री तथा लत्ताकपडा, डसना, तौलिया, साबुन, सर्फ, फिनेल, सेनिटरी प्याडलगायत सरसफाइ सामग्री रहेका छन् ।

    समाजद्धारा संकलित राहत सामग्री ७ टन बराबरका २३० बोरा प्याकेटहरु ३ वटा जिपमा हस्तान्तरण गर्न आठ जनाको टिम धादिङ जिल्लाको गजुरी गाउँपालिकाअन्तर्गतका प्रभावित क्षेत्रमा टोली हिडेको समाजकी अन्जु पौडेलले बताइन् ।

    बुधबार एक समारोहका बिच तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, उपप्रमुख जागेश्वरीदेवि चौधरीले टिमलाई बिदाई गर्दै समुदायको हितमा महत्वपूर्ण अभियान गरिएको बताए ।

    बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई प्रत्यक्ष हस्तान्तरण गर्ने उद्देश्यले गर्न लागेको यो पवित्र काममा राहत वितरण तथा सहजीकरणका लागि धादिङका प्रतिनिधि लक्ष्मी पाण्डे, गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठसँग समेत समन्वय गरिएको भन्दै यसमा लाग्ने यातायातको खर्च पालिकाबाट सहयोग गर्ने नगरप्रमुख खाँणले प्रतिवद्धता जनाए ।

    कार्यक्रम संयोजक पदम बहादुर पौडेलले समुदायमा गरिएको आग्रहबाट जुटेको सहयोगलाई पिडितसम्म लगेर मानवीय सेवाको कार्यलाई व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउने प्रतिवद्धता जनाए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, भाद्र १८ २०८३१०:२१:५४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology