Logo बिहिवार, आश्विन १ गते २०८३
images

बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकले गर्‍यो ६५ लाख सहयोग

बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकले गर्‍यो ६५ लाख सहयोग

  • 291
    SHARES

  • बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकले गर्‍यो ६५ लाख सहयोग

    बुटवल,भदौ १८।

    भोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

    बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा बैंकको तर्फवाट ५५ लाख  र कर्मचारीहरुको तर्फवाट १० लाख गरी कूल ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

    प्राकृतिक विपतका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहु, चितवन लगायतका जिल्लाहरुमा मानवीय तथा भौतिक क्षति र नागरिकहरुको दैनिक जिवन प्रभावित भइरहेको अवस्थामा राहत तथा पुनस्थापना कार्यमा सहयोग पु¥याउने उद्धेश्यले सो कोषमा रकम सहयोग गरेको बैंकले जनाएको छ ।

    ‘विपतको कठिन घडीमा प्रभावित नागरिकहरुको साथमा रहँदै खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सरकार र सम्वन्धित निकायहरुलाई सहयोग पु¥याउने मानवीय कार्यमा बैंकले ऐक्यवद्धता जनाएको हो’– बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    बैंकले बाढीमा परी दिवंगत भएका नागरिकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

    साथै, बाढीमा परी हालसम्म पनी सम्पर्कमा नआएका नागरीकहरुको सकुशल उद्धार एवम घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology