बुटवल,भदौ १७ ।
फुटवेयर म्यानुफ्याक्वरर्स एशोसिएसन अफ नेपाल, लुम्बिनी प्रदेशले रसुवा बाढी प्रभावितहरुका लागि १० हजार भन्दा जुत्ता चप्पल सहयोग गरेको छ ।
एशोसिएसनले बुधबार १० हजार ३२५ जोर जुत्ता बाढी प्रभावित क्षेत्र तर्फ पठाएको छ ।
एशोसिएसनले आफु मातहतका ९ वटा संस्थाबाट उक्त जुत्ता बाढी प्रभावितहरुलाई सहयोग गरेको हो ।एभरेष्ट कमर्फट प्रा.लि. बुटवलले ३७०२ जोर, आस्था फुटवेर प्रा.लि.बुटवलले १११२ जोर, फस्र्ट स्टेप इन्डष्ट्रिज, बुटवलले ७५४ जोर, मुन स्टार फुटवेयर , इमिलिया १०२४ जोर, ग्यालेक्सी नेपाल फुटवेयर इन्डष्ट्रिज चन्द्रौटा १२१० जोर जुत्ता सहयोग गरेको लुम्बिनी प्रदेश अध्यक्ष यज्ञप्रसाद भुर्तेलले बताए ।
यस्तै सिटीवाक फुटवेयर्स चन्द्रौटा १०५६ जोर, ग्लोबल फुटवेयर इन्डष्ट्रिज चन्द्रौटा, ६७२ जोर, युनिभर्सल सुज इन्डष्ट्रिज भैरहवा ५४६ जोर र शिव प्लास्टिक, बुटवलले २४९ जोर जुत्ता उपलब्ध गराएको उनले बताए ।
फुटवेयर म्यानुफ्याक्वरर्स एशोसिएसन अफ नेपालका केन्द्रिय सदस्य चोलाप्रसाद पाठकले बाढी प्रभावितहरुका लागि जुत्ता चप्पलको आवश्यक रहेकाले आफुहरुले जुत्ता चप्पल प्रभावित क्षेत्रमा पठाएको बताए।आफुहरुले यहाँबाट काठमाँडौँ प्रहरीलाई दिने र प्रहरीले प्रभावित क्षेत्रमा लगेर वितरण गर्ने बताए ।
साथै फुटवेयर म्यानुफ्याक्वरर्स एशोसिएसन प्रभावितहरुका लागि आवश्यक सक्दो सहयोग गर्ने बताउँदै दोस्रो चरणमा थप जुत्ता चप्पल पठाउने बताए ।
यहाँबाट राहत स्वरुप जुत्ता चप्पल पठाउने कार्यक्रममा उपाध्यक्ष राजेन्द्र गुप्ता, सचिव जनक बेलबासे, कोषाध्यक्ष नेत्रप्रसाद खनाल, एभरेष्ट फुटवेयर सकुर मिया, फरदिन खान, मुवारक हुसेन, फस्ट स्टेप डाइरेक्टर राजेश देवकोटा, आस्था फुट वेयर, बुटवल उद्योग वाणिज्य संघका सदस्य दिपक चापागाईं, पुरूषोत्तम घिमिरे, शिव पलाष्टिकका रूपेश पटेल लगायतको सहभागिता रहेको थियो ।
उनीहरुले बाढीबाट भएको क्षति भएको दुःख व्यक्त गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)