Logo बिहिवार, आश्विन १ गते २०८३
images

सरकार नियन्त्रीत लोकतन्त्रको बाटोमा : सभापति शिव लम्साल

सरकार नियन्त्रीत लोकतन्त्रको बाटोमा : सभापति शिव लम्साल

  • 225
    SHARES

  • सरकार नियन्त्रीत लोकतन्त्रको बाटोमा  : सभापति शिव लम्साल

    बुटवल,भदौ १६  ।

    नेपाल प्रेस युनियनका सभापति शिव लम्सालले वर्तमान बालेन शाह नेतृत्वको सरकार उल्टो बाटो हिडिरेको भन्दै स्वतन्त्र प्रेसको घाँटी निमोठ्न प्रयत्नरत रहेको आरोप लगाएका छन् । 

    नेपाल प्रेस यूनियन रुपन्देहीको २२ औं साधारणसभा तथा दशौं अधिवेशनलाई सोमबार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष लम्सालले वर्तमान सरकारले नियन्त्रीत लोकतन्त्रको बाटोमा हिडेको बताए ।

    ‘अहिलेको सरकार पञ्चायतकालको सरकारभन्दा उल्टो बाटो, नियन्त्रित लोकतन्त्रको बाटोमा हिडेको छ’ उनले भने । उनले वर्तमान सरकार आएसँगै नेपाली सञ्चार क्षेत्रमा नियन्त्रणका प्रयत्नहरु भइरहेको बताए । 

    अध्यक्ष लम्सालले जनताले भोट हालेर बनाएकाले यो लोकतान्त्रिक हो भनेर भन्न सक्ने भएपनि सरकार सञ्चारलाई नियन्त्रण गर्न खोजेको बताए । उनले प्रधानमन्त्री कार्यालयबाट पत्र काटेर नेपाली सञ्चार माध्यममलाई कमजोर बनाउने प्रयत्न गरिएको बताए । ‘सरकारले नीजि सञ्चारमाध्यमलाई विज्ञापन रोकेर धारासायी बनाउने र बन्द गर्ने, त्यसपछि नीजिले लेख्ने समाचार रोकेर सरकारीले जे भन्यो त्यहि मान्नुपर्छ भन्ने नियतले काम सुरु गरेको हो’ उनले भने ।

    अध्यक्ष लम्सालले जननेता विपि कोइरालाले सरकारको आलोचनाका लागि पत्रिका प्रकाशन गरेवापत अनुदान दिएको स्मरण गर्दै सरकार फेरी पत्रकार कल्याणकारी कोषको रकम हटाउन लागेको बताए । उनले भदौ १० गते रसुवामा आएको बाढीको निहुँ बनाएर फेरी पनि लोक कल्याणकारीको रकम रोक्ने प्रपञ्च भइरहेको बताए ।

    उनले पत्रकारितामाथि फरक रुपमा नियन्त्रणको प्रयास भएकाले अब आफूहरु पुन आन्दोलनमा उत्रनुपर्ने बेला आएको बताए । उनले प्रेस यूनियनको १० औं महाधिवेशनलाई आन्दोलनका रुपमा अगाडि बढाउन लागेको बताए । प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारका लागि सबै संगठनका विच एकताबद्ध भएर आन्दोलन गर्ने समेत उनले प्रतिबद्धता जनए । 

    कार्यक्रममा नेपाल प्रेस यूनियनका बरिष्ठ उपाध्यक्ष प्रेम केसी, महासचिव दिलिप पौडेल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामबहादुर थापा, काँग्रेस रुपन्देहीका सभापती रामकृष्ण खाँण, बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेय, यूनियनका पूर्व अध्यक्ष रामराज पोखरेल, संस्थापक माधव नेपाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे,यूनियन रुपन्देहीका सभापती कविन्द्र नेपाल, सचिव कपिल ज्ञवाली लगायतले बोल्दै पत्रकारिताले समाजलाई सहि रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । 

    यसैविच साधरणसभाका अवसरमा जिपि कोईराला पत्रकारिता पुरस्कारबाट पत्रकारहरु विक्रम खड्का र रेखा भुसाल तथा शिक्षा पत्रकारिता पुरस्कारबाट पत्रकार छवि पाण्डे पुरस्कृत भएका छन् ।  यस्तै यूनियन रुपन्देहीका पूर्व अध्यक्षहरुलाइ समेत सम्मान गरिएकाे थियाे । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, भाद्र १६ २०८३०४:१२:२०

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology