बुटवल,फागुन ३ -
रुपन्देहीको देवदहमा जग्गा नापी हुने भएको छ । देवदह नगरपालिकाको आठौं नगर सभामा प्रस्तुत देवदह नगरपालिकाको आर्थिक ऐन (पहिलो संसोधन) विधेयक २०७७ अन्तर्गत हाक भोग चलन र नाप नक्सा नमिलेका जग्गाको पुनः नापी गर्न उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गद्धारा प्रस्तुत विधेयक नगरसभामा सर्वसम्मतिले पारित गरेको हो ।
नगरपालिकाको आर्थिक ऐन पहिलो ससोधन,२०७७ मा दफा १३ को अनुसुची ९ अनुसार संसोधन गरिएको हो । संसोधित बुँदा अनुसार जग्गा प्रति धुर न्यूनतम २५ रुपैयाँ देखि २०० रुपैयाँ सम्म राजश्व लिने ब्यवस्था गरिएको छ ।
धेरै जग्गा नक्सा र भोगमा फरक फरक भएकाले घर नक्सामा समस्या हुने गरेको हुँदा यसै हप्ताबाट नापी शुरु गरिने नगर प्रमुख हिरा बहादुर खत्रीले जानकारी दिनुभयो ।
नगर सभामा नगर सदस्यद्धय खैराज शमार्, चन्द्रकान्त खरेल, अमर लामिछाने,सरस्वती पोखरेल,धन बहादुर सुनार लगायतले आ-आफनो विचार राखे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)