Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल देवीनगरमा एमजी क्लबको चौथो रक्तदान,७५ युनिट संकलन

बुटवल देवीनगरमा एमजी क्लबको चौथो रक्तदान,७५ युनिट संकलन

  • 378
    SHARES

  • बुटवल देवीनगरमा एमजी क्लबको चौथो रक्तदान,७५ युनिट संकलन

    बुटवल ,भदौ १० ।

    मेरो गाउँले (एमजी) क्लब बुटवल११ को आयोजनामा देवीनगरस्थित चौपारीमा चौथो रक्तदानकार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ७५ युनिट रगत संकलन भएको आयोजकले जनाएको छ।

    कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष देवलाल अर्घालीले क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिकगतिविधि गर्दै आएको बताउनुभयो। उहाँले रक्तदानजस्तो मानवीय सेवाको कार्यलाई निरन्तरता दिइनेबताउनुभयो।

    कार्यक्रममा बुटवल११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री, क्लबका सल्लाहकार प्रकाश राना, चौपारी टोलका अध्यक्षशिव बस्याल, दुर्गा मन्दिरका अध्यक्ष कुलबहादुर केसी तथा अस्थायी प्रहरी बिट देवीनगरका प्रहरी नायब निरीक्षक सुरज शुधाशंकर लगायतको उपस्थिति रहेको थियो।

    त्यस्तै, क्लबका पूर्वअध्यक्षहरू बसन्त थापा, तुलबहादुर शारू, श्रीधर अर्घाली र रामबहादुर सिंजाली, निवर्तमानअध्यक्ष ओमबहादुर सारू, महासचिव निरबहादुर गाहा, वरिष्ठ उपाध्यक्ष निरबहादुर कवर, कार्यक्रम संयोजकबोमबहादुर थापा प्रेस सल्लाहकार चन्दा थापासहित पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।

    क्लब २०७२ साल माघ २० गते दर्ता भएको हो। स्थापना भएदेखि नै क्लबले सामाजिक तथा सामुदायिक क्षेत्रमाविभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरू तथा सहयोगगर्ने सबैलाई आयोजकले धन्यवाद व्यक्त गरेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, भाद्र १० २०८३०५:५०:०७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology