Logo बिहिवार, आश्विन १ गते २०८३
images

श्रृङगेश्वर धाममा धार्मिक संस्था रुद्रगणको शनिवारिय भजन (फोटोफिचर)

श्रृङगेश्वर धाममा धार्मिक संस्था रुद्रगणको शनिवारिय भजन (फोटोफिचर)

  • 642
    SHARES

  • श्रृङगेश्वर धाममा धार्मिक संस्था रुद्रगणको शनिवारिय भजन (फोटोफिचर)

    बुटवल,भदौ ७ ।

    रुपन्देहीको तिलोत्तमा ४ स्थित श्रृङगेश्वर धाममा धार्मिक संस्था रुद्रगणले शनिवारिय भजन सम्पन्न गरेको छ ।IMG_7952.jpegatt.Y6EmSmHJibWiL_kcFo986mslloLE29jZrFMS1RyRDV4.jpegatt.Tgeg59eWfWtRzi-FGx1uuHPCwuLwGy3EexEsN0uTAPE.jpegatt.Tgeg59eWfWtRzi-FGx1uuHPCwuLwGy3EexEsN0uTAPE.jpegIMG_7931.jpeg

    कार्यक्रममा करिब दुई हजार भक्तजनको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।

    रूद्रगणका संयोजक कमल सापकोटा ‘लम्बु सरकार’का अनुसार साँझ ६ बजेदेखि ७ः३० बजेसम्म सञ्चालन भएको कार्यक्रममा शिवभक्ति, भजन, स्तुति गरिएको थियो। कार्यक्रममा विभिन्न उमेर समूहका श्रद्धालुहरू सहभागी भई भगवान शिवको आराधना गर्दै धार्मिक वातावरणलाई थप उल्लासमय बनाएका थिए ।

    हिन्दू धर्ममा भजन–कीर्तनलाई धार्मिक तथा सांस्कृतिक परम्पराको महत्वपूर्ण अङ्गका रूपमा लिइन्छ। विशेषगरी साउन महिना भगवान शिवको आराधनाका लागि अत्यन्त पवित्र मानिने भएकाले यस अवधिमा मन्दिरहरूमा पूजा–आराधना, जलाभिषेक, रुद्राभिषेक तथा भजन–कीर्तनजस्ता धार्मिक गतिविधि बढ्ने गर्छन्। यस्ता कार्यक्रमले धार्मिक आस्था अभिवृद्धि गर्नुका साथै सामाजिक सद्भाव, सांस्कृतिक संरक्षण र सामूहिक एकतालाई समेत मजबुत बनाउने विश्वास रहिआएको छ।

    हरेक धाममा पछिल्लो केही समयदेखि प्रत्येक शनिबार नियमित रूपमा करिब डेढ घण्टा भजन–कीर्तन सञ्चालन हुँदै आएको छ। विशेषगरी युवापुस्ताको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई थप जीवन्त बनाएको आयोजकहरूको भनाइ छ।

    युवाहरू स्वयंसेवकका रूपमा व्यवस्थापनदेखि भजन गायनसम्म सक्रिय देखिने गरेका छन्, जसले धार्मिक गतिविधिप्रति नयाँ पुस्ताको आकर्षण बढ्दै गएको संकेत गरेको छ।

    हरेक शनिबार हुने भजन–कीर्तनमा हजारौं श्रद्धालुको भीड लाग्ने गरेको देखिन्छ । रूपन्देहीसहित पाल्पा, नवलपरासी र कपिलवस्तुका विभिन्न स्थानबाट समेत भक्तजनहरू भजनमा पुग्ने गरेका छन्।

    आयोजकका अनुसार आगामी शनिबारहरूमा पनि नियमित रूपमा भजन–कीर्तन कार्यक्रम सञ्चालन गरिने रूद्रगणका संयोजक कमल सापकोटा (लम्बु सरकार) ले नागरिक अनलाइनलाई बताउनुभयो ।

    हरेक महिनाको शनिबार धार्मिक गतिविधिलाई थप व्यवस्थित र भव्य बनाउँदै भक्तजनहरूलाई सहभागी हुन रूद्रगणको आग्रह छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology