Logo बिहिवार, आश्विन १ गते २०८३
images

१५ भदौमा नेपाल प्रेस युनियन रूपन्देहीको २२ औं साधारणसभा तथा दशौं अधिवेशन हुने

१५ भदौमा नेपाल प्रेस युनियन रूपन्देहीको २२ औं साधारणसभा तथा दशौं अधिवेशन हुने

  • 972
    SHARES

  • १५ भदौमा नेपाल प्रेस युनियन रूपन्देहीको २२ औं साधारणसभा तथा दशौं अधिवेशन हुने

    बुटवल,भदौ २ ।

    नेपाल प्रेस युनियन रूपन्देही शाखाको २२ औं साधारणसभा तथा दशौं अधिवेशन भदौ १५ गते सोमबार बुटवलमा हुने भएको  छ ।
    युनियनको आज बुटवलमा बसेको बैठकले सो निर्णय गरेको सचिव कपिल ज्ञवालीले जानकारी दिनुभयो ।

    अध्यक्ष कविन्द्र नेपालको अध्यक्षतामा बसेको बैठकले नेपाल प्रेस युनियन केन्द्रीय समितिले निर्धारण गरेको भदौ २५ गतेभित्र शाखाको साधारण सभा तथा अधिवेशन सम्पन्न गर्ने समयसीमाअनुसार रुपन्देहीको अधिवेशन गर्ने निर्णय गरेको हो ।
    अधिवेशन सम्पन्न गर्न अध्यक्ष नेपालको संयोजकत्वमा पदाधिकारी तथा कार्यसमिति सदस्य सम्मिलित मूल आयोजक समिति गठन गरिएको छ ।IMG_7791.jpeg

    त्यस्तै, अधिवेशनको तयारीलाई व्यवस्थित बनाउन विभिन्न सातवटा उपसमिति गठन गरिएको छ ।
    निवर्तमान अध्यक्ष, सल्लाहकार तथा केन्द्रीय सदस्य रेखा भुसालको संयोजकत्वमा अनुगमन, मूल्यांकन तथा समन्वय उपसमिति, उपाध्यक्ष दीपक घिमिरेको संयोजकत्वमा अतिथि स्वागत सत्कार उपसमिति र उपाध्यक्ष कल्पना तिवारीको संयोजकत्वमा सदस्यता नवीकरण उपसमिति गठन गरिएको छ ।
    त्यसैगरी सचिव कपिल ज्ञवालीको संयोजकत्वमा माइन्युट तथा प्रतिवेदन लेखन र प्रचारप्रसार उपसमिति, कार्यवाहक कोषाध्यक्ष भुवन जिसीको संयोजकत्वमा आर्थिक व्यवस्थापन तथा होटल, खाना र खाजा व्यवस्थापन उपसमिति, सहसचिव सीता गौतम (बराल)को संयोजकत्वमा सम्मान तथा मायाको चिनो व्यवस्थापन उपसमिति र सहसचिव कृष्ण भण्डारीको संयोजकत्वमा मञ्च तथा साउन्ड सिस्टम व्यवस्थापन उपसमिति गठन गरिएको छ । अधिवेशनको निर्वाचन प्रक्रिया सम्पन्न गर्न युनियनका सदस्यसमेत रहेका अधिवक्ता जीवननारायण अधिकारीलाई प्रमुख निर्वाचन अधिकृतको जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ । 
    युनियन रुपन्देहीले प्रदान गर्दै आएका विभिन्न पत्रकारिता पुरस्कार समेत प्रदान गर्ने तयारी गरिएको छ ।

    युनियन रुपन्देहीले स्वर्गीय नेता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना गरिएको जिपि कोइराला स्मृति पत्रकारिता पुरस्कार र टोप सुशिला शिक्षा पत्रकारिता पुरस्कार वितरणको तयारी गरेको हो । 
    बैठकले युनियन रुपन्देहीले स्थापना गरी प्रदान गर्दै आएको जीपी कोइराला स्मृति पत्रकारिता पुरस्कार र टोप–सुशिला स्मृति पत्रकारिता पुरस्कार वितरणका लागि पुरस्कार छनोट तथा मूल्यांकन समिति पनि गठन गरेको छ ।
    जीपी कोइराला स्मृति पत्रकारिता पुरस्कारका लागि यसअघि पुरस्कृत युनियनका पूर्वअध्यक्ष रामराज पोख्रेलको संयोजकत्वमा पूर्वअध्यक्ष भवानीप्रसाद पाण्डे र अध्यक्ष कविन्द्र नेपाल सदस्य रहेको समिति गठन गरिएको छ ।

    टोप–सुशिला स्मृति पत्रकारिता पुरस्कारका लागि यसअघि पुरस्कृत सल्लाहकार माधव नेपालको संयोजकत्वमा पुरस्कार स्थापना गर्ने युनियन सदस्य कृष्ण पंगेनी र अध्यक्ष नेपाल सदस्य रहेको समिति बनाइएको सचिव कपिल ज्ञवालीले जानकारी दिनुभयो  ।
    नेपाल प्रेस युनियन केन्द्रीय समितिले यहि भदौ २५ गतेसम्म साधारण सभा तथा अधिवेशनको मिति तय गरेको छ । सोही अनुसार रुपन्देहीमा पनि सदस्यता नवीकरणलाई तीव्रता दिँदै अधिवेशनको तयारी अघि बढाउने निर्णय गरिएको उहाँले बताउनुभयो  ।

    साधारणसभामा विभिन्न पुरस्कार बितरण,प्रतिवेदन पेश,कल्याणकारीकोषबाट सहयोग प्रदान गरिने अध्यक्ष कविन्द्र नेपालले बताउनुभयो ।

    नेपालको अध्यक्षतामा विस २०८० बैसाख २९ गते शुक्रबार नयाँ नेतृत्व निर्वाचित भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology