बुटवल,भदौ १ ।
रूपन्देहीको तिलोत्तमा मणिग्राममा नेपालका लागि नेपाली स्टोरको शुभारम्भ गरिएको छ ।
कायापलट ल्याउनु छ देशमै युवा उद्यमशीलतालाई सम्मान गरौं भन्ने नाराका साथ सञ्चालन सुरुवात गरिएको नेपालका लागि नेपाली स्टोरको समुद्घाटन तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँडले गर्नुभएको हो ।
विशेषगरी गाँजा तथा अल्लोबाट उत्पादन गरिएका कपडा साथै नेपाली व्यवसायीक एवम् प्राकृतीक उत्पादनको वजारीकरण गर्ने उदेश्यले खोलीएको स्टोरमा नेपाली उत्पादनको मात्रै व्यापार गर्ने योजना रहको सञ्चालकले जनाएका छन्।
उद्घाटन कार्यक्रममा नगर प्रमुख खाँडले रिवन तथा केक काटेर सुभारम्भ गर्दै आर्थिक चलायमानका लागि सरकारले मात्रै नसक्ने निजी क्षेत्रले पनि आफ्नो स्थानबाट योगदान गरेर मात्रै आर्थिक वृद्धिदरको योजना अनुरुपको उपलब्ध हुन सक्ने जनाउनुभएको थियो।
लामो समयदेखि कृषि पेशामा आवद्ध महेन्द्र गौतमले यो व्यवसाय मार्फत कृषि उत्पादनको वजारीकरण र किसानलाई उद्यमि बनाउने महाअभियान यस स्टोरले पुरा गर्ने बताउनु भयो। स्टोरमा गाँजाबाट बनेका कपडा नेपाली ढाकाका कपडा गुन्द्रुक भाँगो टिमुर भागको अचार गाँजाको चिया लगायतका चिज वस्तु बिक्रीका लागि लागि राखिएको स्टोरकी सञ्चालक सन्जु शर्माले बताउनुभयो।
स्टोर मणिग्राम मा रहेको तिलोत्तमा नगरपालीका द्वारा सञ्चालीत सुलभ फार्मेसीको ठ्याक्कै पछाडि स्ट्रिट ९ मा रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)