बुटवल,साउन २२।
बुटवलस्थित कालिका क्याम्पसमा रहेको Student Quality Circle (SQC) तथा सहसंयोजकका रूपमा रहेका IT Club, BASW Club, B.Ed Club र Sports Club को संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
रक्तदान कार्यक्रममा ६७ युनिट रगत संकलन गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा विद्यार्थी, शिक्षक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता स्टुडेन्टस् क्वालिटी सर्कलकी अध्यक्ष अनिता भुसालले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा क्याम्पस प्रमुख घनश्याम पाठकको उपस्थिति रहेको थियो।
रक्तको अत्यधिक आवश्यकता देखिएकाले बिरामीलाई आवश्यक समयमा रगत उपलब्ध गराई जीवनरक्षा गर्ने, विद्यार्थीलाई समाजप्रति उत्तरदायी बनाउने तथा रक्तदानसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सर्कलका उपाध्यक्ष सुमन प्रसाद काफ्लेले जानकारी दिनुभयो।
कार्यक्रममा सहभागीहरूले रक्तदान मानव जीवन बचाउने महत्वपूर्ण सामाजिक कार्य भएकाले नियमित रूपमा रक्तदान गर्नुपर्नेमा जोड दिएका थिए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)