बुटवल ,साउन २० ।
नेपाली कांग्रेस क्षेत्रीय समिति क्षेत्र नं. २, रूपन्देहीको आयोजनामा पार्टी कार्यालय मैनाबगरमा पुस्तकालय उद्घाटन तथा स्वर्गीय नेता सूर्यप्रसाद प्रधानको बाह्रौं स्मृतिमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामबहादुर कार्कीले पुस्तकालयको उद्घाटन गर्दै पार्टीलाई वैचारिक रूपमा थप सुदृढ बनाउन पुस्तकालयले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्तगर्नुभयो।
उहाँले स्वर्गीय सूर्यप्रसाद प्रधानले पार्टी संगठन निर्माण, लोकतान्त्रिक आन्दोलन र समाजसेवामा पुर्याउनुभएको योगदान सधैं स्मरणीय रहने बताउँदै उहाँको आदर्शलाई नयाँ पुस्ताले अनुसरण गर्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा नेपाली कांग्रेस रूपन्देहीका जिल्ला सभापति रामकृष्ण खाँणलेले पुस्तकालय ज्ञान, अध्ययन र वैचारिकविकासको केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले पार्टीका नेता तथा कार्यकर्ताले अध्ययन संस्कृतिलाईआत्मसात गर्दै संगठनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।
बुटवल नगर सभापति एवं बुटवलका नगर प्रमुख खेलराज पाण्डेयले स्वर्गीय प्रधानले पार्टी र समाजका लागिपुर्याएको योगदान प्रेरणादायी रहेको उल्लेख गर्दै उहाँको स्मृतिले सबैलाई लोकतान्त्रिक मूल्य र आदर्शप्रतिप्रतिबद्ध रहन प्रेरित गर्ने बताउनुभयो।
क्षेत्रीय सभापति प्रजापाल गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वर्गीय सूर्यप्रसाद प्रधानप्रति श्रद्धाञ्जलीअर्पण गर्दै दीप प्रज्वलन गरिएको थियो। कार्यक्रममा उपस्थित वक्ताहरूले उहाँको राजनीतिक जीवन, संगठननिर्माणमा खेलेको भूमिका तथा समाजप्रतिको समर्पणको चर्चा गर्दै उहाँको योगदानको उच्च सम्मान गरेका थिए।
स्व प्रधानका साथी जीवन ओझाले प्रधान तथा लुम्बिनी प्रदेश सदस्य बालकुमारी भण्डारी लगायतले बोल्दै उहाँको योगदानको चर्चा गर्नुभयो ।बक्ताहरूले स्व.प्रधान आधुनिक बुटवलका पर्याय र सादगी नेता रहेको बताउनुभयो ।
स्व.नेता तत्कालीन अवस्थामा प्रतिनिधिसभाका सदस्य,बुटवलका मेयर समेत हुनुहुन्थ्यो ।
कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव बिमलराज भट्टराईले गर्नुभएको थियो। कार्यक्रममा नेपाली कांग्रेसकाविभिन्न तहका नेता, कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)